पशु चिकित्सकहरू वैश्विक स्वास्थ्यको एउटा आवश्यक एवं अभिन्न अङ्ग मानिन्छन् । जसले पशुपक्षीहरूको स्वास्थ्य एवं कल्याणका लागि मात्र आफ्नो सेवा प्रदान गर्दैनन् बरू जुनोटिक रोगहरूको रोकथाम, नियन्त्रण पनि गर्दछन् । जनसमुदायको जनजीविकाका लागि एवं सुस्वास्थ्यका लागि स्वस्थ्य एवं खाद्य सुरक्षामा पनि यिनले पु¥याएको योगदानलाई कम ठान्न सकिन्न । आज वैश्विकस्तरमा पशुचिकित्सकहरू क्रियाशील रूपमा जुनोटिक एवं संक्रामक रोगहरू उत्पत्ति एवं पुनः उत्पत्ति को परिस्थितिको अध्ययनमा पनि लागेको छन् । जुन पशुहरूबाट मानिसहरू एवं मानिसहरूबाट पशुहरूमा सर्ने सम्भावना भएका हुन्छन् । क्लिनिकहरूमा पशु चिकित्सकहरू घरपालुवा, व्यवसायिक एवं उन्नत पशुहरूको रोग निदान, उपाचार गरिरहेका हुन्छन् । लक्षित खोप अभियान चलाउनु, परिजीवी नियन्त्रण गर्नु, सामान्य प्राथमिक उपचारदेखि जटिल शल्यक्रिया गर्नमा पशु चिकित्सकहरू संलग्न हुन्छन् । परिस्थिति अनुसार कहिलेकाही मानवीय रूपले पशुहरूलाई ‘युुथिनाइज’ गर्ने काममा पनि संलग्न रहन्छन् ।
पशु चिकित्सकहरू पशुप्रति गरिने निर्दयिताप्रति कानूनी प्रक्रियामा पैरवी गरी पुनरावलोकनमा महत्वपूर्ण नैतिक पैरवीकर्ताको भूमिका पनि निर्वाह गर्दछन् । जुन यी आवाजबिहीन जनावरहरूले यो सुविधा पाउने अधिकार राख्दछन् । भोकबाट मुक्ति, रोगबाट मुक्ति, उन्मुक्त व्यवहार गर्न पाउने व्यवस्था, डर त्रासबाट मुक्ति एवं तनावबाट मुक्ति पाउनु पर्ने गरी पा“च स्वतन्त्रतास“गै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि पशु चिकित्सक सहयोगीका रूपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । यी सबैको शुनिश्चितता पशु कल्याणको दृष्टिकोणले उपलव्ध गराउनु पर्ने दायित्व पशुचिकित्सकमा मात्र निहित छ । जनस्वास्थ्य एवं तिनको कल्याणका लागि पनि पशु चिकित्सक जिम्मेवार हुने गर्दछन् । आधाभन्दा बढी मानिसहरूलाई लाग्ने रोगहरू पशुजन्य उत्पत्तिका रोगहरू पर्दछन् । पशुचिकित्सक मानव एवं पारिस्थिकीय प्रणालीको मिलन विन्दुमा प्रभावकारी रूपमा संक्रामक रोगहरूको रोकथाम एवं नियन्त्रण गर्ने प्रमुख पात्र हो । घरपालुवा पशु, वन्यजन्तु एवं जनसमुदायमा रोग फैलन नदिने कडीलाई पशुचिकित्सकले संरक्षण गर्छ । जस्ले गर्दा गरीवी निवारण न्युनीकरण एवं खाद्य सुरक्षालाई टेवा दिन मद्दत गर्दछ ।
पशु विज्ञानका सबै क्रियाकलाप एवं गतिविधिहरूले मानव स्वास्थ्यलाई जनस्वास्थ्य एवं जैवचिकित्सा क्षेत्रमा गरिने अनुसन्धान वा पशु वन्यजन्तु एवं वातावरणीय स्वास्थ्य समस्या समाधान गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रूपले जनस्वास्थ्यलाई प्रभाव पार्दछ । सरकारी सेवा एवं खाद्य निरीक्षणमा दक्षता हा“सिल भएका पशुचिकित्सकहरूले खाद्य सुरक्षा एवं पशुजन्य उत्पादनको भोजनहरू मानव समुदायका लागि सुरक्षित छ, छैन भन्ने प्रत्याभूति गराउन ठूलो भूमिका निर्वाह गर्दछ । जसका कारण हाम्रो जनस्वास्थ्य आधा सुरक्षित भन्न सकिन्छ, हाम्रो भान्सामा खाद्य श्रृङ्खलामा पशुजन्य उत्पादनहरू पुग्दासम्म ।
हाल विश्वव्यापी लहरमा चलिराखेको महामारी जसलाई कोरोना भाइरस महामारी कोभिड–१९ भनिन्छ, जुन एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस–२ का कारण हुन्छ । यो भाइरस चीनको वुहान शहरमा डिसेम्बर २०१९ मा पहिलो पटक पहिचान गरीएको थियो । विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा कोभिड–१९ को लागि अन्तर्राष्ट्रियस्तरमा जनस्वास्थ्य आपत्काल घोषणा ग¥यो । अनी ११ मार्च २०२० मा विश्वव्यापी रूपमा कोभिड–१९ को महामारी घोषणा ग¥यो । २० अप्रिल २०२१ सम्ममा १ करोड ४१ लाख मानिस यस रोगको शिकार भएको पुष्टी भएको छ । झण्डै ३ लाख मानिसको मृत्यु कोभिड–१९ का कारण भइसकेको तथ्याङ्क छ जसले यस रोगलाई इतिहासमा नै घातक महामारीको रूपमा लिन सकिने भयो । यो भाइरस मानिसहरू एक आपसमा नजिक हु“दा प्रसारित हुने गर्दछ । संक्रमित मानिसले सास फेर्दा, खोक्दा, हाच्छियु गर्दा, बोल्दा भाइरस मुख, नाक एवं आ“खाबाट अरू मानिसमा सर्दछ । यो भाइरस प्रदुषित सतहबाट पनि सर्छ ।
यो आशंका गरिएको छ कि वुहानको प्रयोगशालाबाट चमेराले यो रोग प्रशारण ग¥यो कि ? पशुचिकित्सकहरूले विविध खाले रोगाणु बिषाणुहरू चाहे ती जुनोटिक संभावना भएका वा नभएकालाई नियन्त्रण एवं निर्मूल गर्न विविध खाले निगरानीका विधि एवं प्रक्रिया प्रयोग गर्ने गर्दछन् । त्यसैले पनि होला हाम्रो आफ्ना परिवेशमा सन् २००५ मा पहिलो पटक देखिएको बर्डफ्लु, त्यस उपरान्त प्रत्येक बर्षमा पटक पटक कुखुराका बथानमा देखिदा पनि मानिसमा भने देखिन पाएको छैन भन्न के को आइतबार कुरी बस्ने कुन्नी ।
कोभिड–१९ पशुजन्य उत्पत्तित संक्रामक रोग मानिएकोले पनि पशुचिकित्सक एवं मानवीय स्वास्थ्य चिकित्सकको संयुक्त प्रयासमा यस समस्याको दीर्घकालीन सामाधान निकाल्न सकिने सम्भावना देखिन्छ । आज विश्व चिकित्सा समुदाय यो आशमा छ, यसको प्रभावकारी खोप कहिले उपलव्ध होला पशुहरूका लागि पहिलेदेखि उपलव्ध यस भाइरसको खोपले मानवीय प्रयोजनका लागि खोपको विकाश गर्न सकिन्छ भन्ने झिंनो आशाको किरण देखाउने सम्भावनाका कारण हाल, विभिन्न मुलुकमा विभिन्न खाले कोभिड–१९ का विरूद्ध खोप विकाश भई प्रयोगमा आएका छन् । जसको प्रभावकारीताको परीक्षण यस प्रलयकारी महामारीमा भैराखेको छ । यस रोगको खोपको विकाशमा चिकित्साकर्मीहरूको प्रत्यक्ष संलग्नता रहेको छ, पशुहरूका लागि पहिले नै खोप विकाश गरेको अनुभवका आधारमा । यो कुरा यहा“ उल्लेख गर्न जरूरी छ कि कोभिड–१९ को खोप सबैका लागि सत प्रतिशत प्रभावकारी नहु“न पनि सक्दछ । खोप लगाएका व्यक्तिहरू पनि थोरै संख्यामा भए पनि संक्रमित हुन सक्ने छन् । यस्ता व्यक्तिहरू विरामी त परिनहाल्लान् तर भाइरसको संक्रमणमा परी अरूलाई सार्न सक्ने छन् । हालैमा कोभिड–१९ को खोप कार्निभाक–कोभ रसिया कुकुर विरालो जस्ता पशुहरूका लागि विकास गरीएको छ ।
वैश्विक स्वास्थ्य एवं सामाजिक जिम्मेवारी एवं पशुकल्याणका पशुचिकित्सकहरू धेरै खाले भूमिका एवं जिम्मेवारी निवार्ह गर्नु पर्ने हुन्छ । पशुचिकित्सकहरू तदारूकताका साथ कोरोना भाइरसको संक्रमणबाट कसरी आफ्नो परिवार एवं जनसमुदायलाई कसरी बचाउने वा संरक्षण गर्ने कुराको जनचेतना सिर्जना गर्न क्रियाशिल भई लागेको पाइन्छ । यस वाहेक पशुचिकित्सक समाजको अभिन्न अङ्ग हुनुकासाथै जनस्वास्थ्य शिक्षाको सिद्धान्तबारे प्राज्ञिक रूपमा जानकार भएका नाताले मानसिक स्वास्थ्य स्थीर राख्न एवं सामाजिक दुरी कायम गराउन यिनको भूमिकालाई कमजोर ठान्न सकिन्न । भनिन्छ, यस्तो वेलामा पशुचिकित्सकहरूको यसवारे आफ्ना धारण जनसमुदायमा राखे भने परिणाम सुखद् हुनेछ । किनकी पशुचिकित्सकहरूले आफ्नो सेवा प्रवाह सधैं नै पशुपंक्षिको बथान एवं वृहत समुदायमा प्रवाह गरी तीनको पशुधन सुरक्षित मात्र गरेका हुदैनन् बरू जनजीवीका एवं आर्थिक समुन्नतीमा पनि टेवा दिएका हुन्छन् ।
वैश्विक स्वास्थ्य सेवा प्रवाहको अभिन्न अङ्गको रूपमा रहेका पशु चिकित्सकहरूले पशुपालक कृषक एवं पशु कल्याणका लागि पशुहरूमा हुने विविध खाले संक्रामक तथा जुनोटिक रोगको पहिचान निदान, उपचार रोकथाम नियन्त्रण एवं निर्मुल गर्ने कार्य गरिरहेका हुन्छन् । यसका साथै मानवीय प्रयोजनका लागि दूध, फुल, मासुलगायतका स्वस्थ्य, स्वच्छ र सफा पशुजन्य उत्पादनहरू मानवीय भोजन श्रृङ्खलामा उपलब्ध गराउन अहम् भूमिका त निर्वाह गर्छन् नै साथै जनस्वास्थ्य सुरक्षाका लागि पहिलो पहरेदारको रूपमा काम गर्दछन् । यस अर्थमा स्वस्थ्य एवं सुरक्षित पशुजन्य पदार्थको उपलव्धताको सुनिश्चितता तथा उच्च गुणस्तरको प्रोटीन आहार, मानवीय खाद्य श्रृङ्खलामा उपलब्ध गराउन पशुचिकित्सकले निर्वाह गरेको भूमिका कम आंकलन गर्न सकिन्न । यिनको निरन्तर प्रयासबाट नै गोठदेखि ओठ (फार्म टु फोर्क) सम्म स्वस्थ, स्वच्छ एवं सफा उच्च गुणस्तरयुक्त पशुजन्य, उच्च कोटीको पोषक तत्वयुक्त भोजन आपूर्ति हुने गर्दछ । जस्ले जनसमुदायलाई स्वस्थ्य मात्र राख्दैन बरू जनसमुदायमा विविध खाले सामान्य एवं महामारीजन्य रोगब्याधिविरूद्घ लड्ने रोगप्रतिरोधि क्षमता विकाश एवं यसको स्थिरता पनि सुनिश्चित गराउ“छ ।
कोभिड–१९ को प्रलयकारी महामारीको पहिलो लहरमा गरिएको लकडाउनका कारण पशुपालन क्षेत्रमा नराम्रो कुप्रभाव पा¥यो । दूध, मासु, फुलजन्य उत्पादनहरूको खपत एवं बिक्रीमा कमी देखियो । लकडाउनको अवधिमा रेस्टुरेन्ट, होटल, पार्टी प्यालेस, चिया पसल बन्द गरियो । जसका कारण दूधजन्य पदार्थ कुराउनी (खुवा), पनीर, आइसक्रिम, चीज, दूध, दही, छुर्पी, लस्सी, घ्यू, छाली, बटर, पेडा, रसवरी लगायतको बिक्री एवं बितरण कम भयो । कोभिड–१९ को वैश्विक प्रलयकारी महामारीका कारण आइसक्रिमको खपतमा ६०–७० प्रतिशत कमी भयो । दूध उत्पादन उद्योग क्षेत्रमा ३०–३५ प्रतिशतको कमी लकडाउनको शुरूवातमा देखियो । यसको कारण यो पनि छ कि कोभिड–१९ को वैश्विक महामारीको बेला लकडाउन हुनाले धेरै मानिस एवं समुदायहरूको आमदानीमा पनि धेरै कमी भयो । जसका कारण समुदायको क्रयशक्ति घटेर गयो । बजार बन्द हुनाका कारण दुधालु पशुहरूको दूध बिक्रीमा कमीका साथसाथै दूधलाई कम मूल्यमा बेच्नु प¥यो । यसका कारण पशुपालकहरूलाई दोहोरो नोक्सानी व्यहोर्न प¥यो ।
दुग्ध उत्पादन उद्योगहरू अन्य क्षेत्रहरू जस्तै पशुजन्य उत्पादनहरू ग्राहकसम्म आपूर्ति श्रृङ्खलामार्फत पु¥याइन्छ । परन्तु कोभिड– १९ को कारण लकडाउनको वेला आपूर्ति श्रृङ्खला खल्वलिन पुग्यो । दूध एवं मासु फुल उत्पादनहरूको खपत एवं बिक्री नहु“दाको कारण उत्पादनकर्ताको थलोमा बिग्रेर गयो । फलस्वरूप दूध मासु एवं फुल उत्पादकहरूले आर्थिक क्षतिको सामना गर्नु प¥यो । दुग्ध पदार्थ उत्पादनहरू बाहेक मासुजन्य पदार्थहरू कुखुराको मासु, खसीको मासु(चेभोन), सुगुरको मासु, भेडाको मासु (मटन) एवं अन्य मासुजन्य उत्पादनहरूको बिक्री एवं खपत होटल रेस्टुरेन्ट पार्टी प्यालेस एवं अन्य मासु पसल बन्द हुनाले अत्यधिक प्रभावित हुन पुग्यो । यस वाहेक सामाजिक सञ्जालमा एवं सवै खाले समचार माध्यमहरूमा यो हल्ला फैलियो कि कोभिड–१९ को भाइरसको संक्रमण कुखुराको मासु खानाले हुन्छ जसका कारण कुखुराको मासु फुलको खपत एवं बिक्री धेरेै कम भएर गयो । जसको फलस्वरूप कुखुरा पालन व्यवशायमा संलग्न किशानहरूलाई अत्यधिक क्षतिको सामना गर्नु प¥यो ।
यस्ता निराधार हल्लाहरू खण्डन गर्न एवं आम उपभोक्ताहरूमा पशुजन्य उत्पादन बारे पर्न गएको भ्रम चिर्न पशुचिकित्सकहरूले समुदायमा आफनो प्राज्ञिक ज्ञान अनुशार सचेतना जाग्रित गराउनका कारण कोभिड–१९ को दोस्रो लहरको वेला पशुजन्य उत्पादनहरूको आपूर्ति खपत एवं बिक्रीमा उत्साहजनक बृद्घि भएको तथ्य हाम्रो अगाडि छ । जस्ले गर्दा पशुपालकहरूको जीविकाको सुनिश्चितता गरेको छन् ।