डा. केदार कार्की
सेवा निवृत बरिष्ठ पशुचिकित्सक भेटनरी जनस्वास्थ्य कार्यालय
हिजोका रणनिती ः
बिगतमा नगरपालीकाहरुले विभिन्न विधि प्रयोग गरी कुकुरका वथान मार्ने अभियान संचालन गदै आएका हुन । करीब १६० कुकुरहरु प्रती दिन करीब ५०,००० प्रति वर्ष । लाखौ – भाले पोथी बच्चा स्याहारदै गरेका गभीर्णी छाउरा छाउरीहरु समात्दै मार्ने गरीन्थीयो जुन आज पनि प्रचलनमा । सामुहिक कुकुका कथान मार्ने अभियान संचालनको प्रतिफल पछि पनि ।
कुकुरको जनसंख्या बढने क्रम जारी
कुकुरको टोकाइका घटना बढने क्रम जारी
रेबीजका कारण मृत्यु बढने क्रम जारी

कुकुरका बथान मार्ने अभियान किन असफल भए ?
प्रत्येक पटक जती कुकुर मा¥यो त्यतीकै कुकुर त्यस ठाउमा बसाइ सर्न आउने अव्यवस्थीत शहरी फोरमैला ब्यस्थापनका कारण रछयानको खाना सुलभ उपलब्ध हुने हुदा छेउछाउका कुकुर शहर तीर पलायन हुने । भारतका प्रमुख बैगलोर , दील्ली मुम्बइ चेन्नै , कोलकत्ता जयपुर बिषाखापत्नम गोवा सिकन्दराबाद हैदेराबाद पने मैसुर मंगलोर हुबलीमा यस्तो स्थिती छ । यस्तो स्थिती चीनमा पनि छ हाम्रा शहर के फरक होलान ?
कुकुरहरुले किन टोक्छन् ?
ऋतुकालको समय प्रजनन किडाका लागी पोथी कुकुर सँग संसगीत हुन भाले कुकुरहरु बिच हुने प्रतिद्धन्द्धीता प्रतिङ्गंदीताका कारण । धेरै भाले कुकुरहरुले पच्छयाउदा पोथी कुकुर रिसाउने हुदाँ । कुकुरले आफ्ना बच्चालाई दुध चुसाई रहेको बेला सुतेको बेला अथवा खाना खाइ रहेका बेला जिस्काउन चलाउने गर्दा । कुकुरहरुलाई अनावश्यक रुपमा उचाल्ने पछार्ने घिसार्ने गरेमा रिसले टोक्न सक्छ ।
कुकुर मा जन्म दर नियन्त्रण ः
सामुदायीक कुकुरको जनसंख्याका ७० प्रतिशत लार्इ बन्ध्याकरण गरी जनसंख्या नियन्त्रण गरे यीनको जनसंख्या स्थिर रहन्छ ।
विश्व स्वास्थ्य संगठनले खासगरी एशीयाली मुलुकहरुका लागी सिफारिस गरेको छ । बैगलोेर , दील्ली मुम्बइ चेन्नै , कोलकत्ता , जयपुर , विषाखापटनम , गोवा सिकन्दराबाद हैदेराबाद पने मैसुर मंगलोर हुबली दार्जलीग कोटा अजमेर जमसेदपुर , जोधपुर बरोदा अहमेदाबाद चंडीगढ नागापठ्ठीनाम सलेम कांचीपपुरम – लामीलनाडु ) नेल्लोर , तिरुपती अनन्चपुर ( आन्ध्र प्रदेश ) पोन्डीचेरी जालन्धर मा यस्को प्रयोग गरीएको स्थिती छ ।
एन्टी रेबीज खोप ः
विश्व स्वास्थ्य संगठनका अनुशार सामुदायीक कुकुरको जनसंख्याको ७० प्रतिशत लाइ एन्टी रेबीज खोप लगाउने हो भने रेबीज बाट हुने मृत्यु ज्युन हुन्छ । सामुदायीक कुकुरको जनसंख्यालाई एन्टी रेवीज खोप लगाउनु भनेको रेबीज उन्मुलनको किफायत रणनिति मानिन्छ । मानिसमा रेबीज रोग निर्मुल दगर्न कुकुरको रेबिज राग नियन्त्रण जरुरी छ । सामुदायीक कुकुरको जनसंख्यालार्य एन्टी रेबीज खोप लगाउनु भनेको रेबीज रोग निर्मुल गर्ने लक्ष्य हासील गर्नका लागी किफायती रणनिति मानिन्छ । यो नै मानिसमा रेबीज रोगको एउटै दिर्घकालीन समाधान पनि । कुकुरमा जन्म दर नियन्त्रण र एन्टी रेबीज खोप कार्यक्रमको निम्न उपयोगीता कार्यक्रम संचालन भएका शहरहरुमा देखिएका छन् ।
सामुदायीक कुकुरको जनसंख्या घटेको ।
कुकुरको टोकाइका घटना कम भएको ।
रेविजका कारण हुने मृत्यु कम भएका ।
कुकुरमा जन्म दर नियन्त्रणका फाइदाहरु ।
स्थायी , एकै पटकमा समस्या समाधान ।
आफ्नो पुरानो ठाउँमा पुनस्थापीत कुकुरले नयाँ कुकुरलाई आफ्नो क्षेत्रमा आउन दिदैनन ।
स्थानीय जनसमुदायसँग परिचित सहज रुपमा घुलमील हुने ।
मुसाजन्य जीबको संख्या नियन्त्रण , आफ्नो टोलको सुरक्ष गर्ने
टोलको कुकुरहरुको औसच आयु ४÷५ वर्ष मात्र हुन्छ ।
कुकुरहरुबाट टोकाइका घटना न्युन हुन्छन् ।
अन्यत्रका सफलताका कथाहरु ः
जयपुरमा सन १९४ मा कुकुरको जनसंख्या तथा रेबीज रोगको खोप कार्यक्रम संचालन गर्दा जनसमुदाय , संचारकर्मी ,स्थानीय निकायबाट कुनै अवरोध नहुदा देखिएको परीणाम ः
विगत ४ बर्षमा रेबीजका कारण मानिसको मृत्यु नभएको ।
सन १९९४ मा २५०० कुकुरको टोकाइमा परेकोमा २००१ मा घटेर १०० मात्र रहन पुग्यो ।
अन्तमा ः
स्थानिय निकाय सँग सहकार्य गर्न राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्थाको अग्रसरताका कारण ः
सामुदायीक कुकुरको जनसंख्या घटेको ।
कुकुरको टोकाइका घटना कम भएको ।
रेबिजका कारण हुने मृत्यु कम भएको ।
अव गर्नु पर्ने कामहरु ः
शहरी फोहर मैलाको उचीत एव बैज्ञानिक व्यवस्थापन ।
कुकुरको जनसंख्या नियन्त्रण कार्यमा सहयोग तथा जनसहभागिता गराउन सचेतना मुलक कार्य संचालन गर्ने ।
जनमानीसमा रहेका अज्ञात तथा गलत सुचना प्रबाह तथा भ्रम न्युन गर्न ।
कुकुर दर्ता तथा एन्टीरेविज खोप अनिवार्य तथा अभियानका रुपमा संचालन गर्ने गराउने

karkikedar96@gmail.com