डा. केदार कार्की
सल्लाहकार बरिष्ठ पशु चिकीत्सक
मुना भेट हस्पीटल लगनखेल

रेबीज पागल कुकुर, स्याल बिरालो र न्याउरी मुसाले टोकेर हुने घातक रोग मानिन्छ। एक पटक केही गरी यस रोगको लक्षण देखियो भने यसबाट बचाउन असंभव हुन्छ। रोगी पशु वा व्यक्तिको केही दिनमानै मृत्यु हुन्छ। रेबीज भाइरस यस रोगको कारण मानिन्छ। विश्वभरीमा प्रति वर्ष ५५,००० व्यक्ति यस रोगबाट मृत्युवरराा गर्दछन् जसमध्ये २०,००० भन्दा बढी एसीया अफ्रिकामा हुने गर्दछ। अनगिनित पशु पनि यस रोगका करण मर्ने गर्दछन्। जस्ले गर्दा पशुपालकहरुलाई अत्याधिक आर्थीक हानी हुने गर्दछ।

रेबीजबाट संक्रमणः
यो रोग मुख्यतः बहुला कुकुरले टोक्ने वा तीनको ¥यालमा पाइने रेबीज भाइरस कारण हुन्छ। टोकेपछि वा काटिएको घाउमा ¥यालको लसपस भएपछि भाइरस अर्को पशु वा मानीसको शरीरमा बीचरराा गर्दछ र रोगको कारण बन्दछ। यस बाहेक न्याउरी मुसो, बिरालो, बांदर, बाघ, स्याल, वा अन्य स्तनधारी पशु जस्तै गाई भैसी भेडा बाख्रा उंट आददिले पनि रेवीज रोगलाई सार्ने गर्छ। रेबीजको भाइरस शरीरमा प्रवेश गरे पछि स्नायु तन्त्रको माध्यमबाट बिस्तारै मस्तीष्कमा पुग्दछन् र यसलाई प्रभाबीत गर्दछन्।

कुकुरमा रेबीजको लक्षणः
यस रोगबाट प्रभाबीत कुकुरहरुको व्यवहारमा परिवर्तन आउंछ। यीनमा दुई प्रकारको लक्षण पाइन्छ। केही कुकुरले मौन अवस्था देखखाछन्, लोसे हुन्छन् एकतीर कुनामा लुकेर बस्दछन्, पछाडीको भागमा पक्षघात हुन्छ र केहि दिन पछि मृत्यु हुन्छ। दोश्रो अवस्था उग्र अवस्था हुन्छ। जस्मा रोगी कुकुर रिसाहा हुन्छ साङगलो काठ ढुङ्गा,ईट पर्खाल जथाभावी टोक्ने गर्छ। कुकुर खतरनाक भएर जान्छ र जथाभावी टोकन, झम्रीन थाल्दछ। बहुला कुकुर ¥याल चुहाउँदै यता उता भौतारीन थाल्दछ। बिस्तारै पछिल्लो भागबाट पशघात हुन थाल्दछ । पानी निल्न सतैन तर्सिन्छ। उस्को आवाज फरक भएर जान्छ। रोगी कुकुरको लक्षण देखिएको १० दिन भित्र मृत्यु हुन्छ।

मानिसमा रेबीजको लक्षणः
रोगी मानीसमा सबभन्दा पहिले ज्वरो आउने आलस्य तथा टाउको दुख्ने लक्षण देखिन्छ। बिस्तारै अवस्था बिग्रदै जान्छ। रोगीले पानी निल्न सक्तैन तथा पानी देख्ने बितिकै आतीन्छ। पानी देखेर डराउंछ। केही समय पछि रोगी व्यक्तको मानसीक संतुलन बिग्रन्छ वा पक्षघात हुन्छ। रोगीको मृत्यु लक्षण देखिएको केहि दिन पछि मृत्यु हुन्छ।

अरु पशुमा रेबीजको लक्षणः
बिरालोमा रेबीजको उग्र अवस्था देखिन्छ। रेबीज ग्रस्त बिरालोले हावामा पंजा मार्न थाल्दछ, लाग्दछ कि मुसा च्यापन खोज्दै छ। अन्य पशुहरु जस्तो कि गाई भैंसी भेडा बाख्रा उंट आदिमा पनि रोग यस्तै प्रकारको हुन्छ। तर पानी संग भने डराउंदैन। गाईहरुको मुखमा ¥याल फिज जस्तो टासिन्छ। तीनको पछाडिको खुट्टाहरु कमजोर हुन्छ। गाइ धेरै कराउंछ तर उसको आवाज बदलिन्छ। रोगी पशुले पर्खाल रुखमा टाउको बजारछ। अन्य पशुमा पनि यस्तै लक्षण देखिन्छ।

रोगको निदानः
कुकुर वा जंगली जनावरले टोकेको केही हप्ता पछि मानीस वा पशुमा मानसीक लक्षण देखिनु रेबिज रोग भएको संभावना देखाउँछ। लक्षण देखिनु भन्दा पहिले रोग पत्ता लाउन मुश्कील हुन्छ।

रोगबाट कसरी बच्ने त?
भुस्याहा कुकुरबाट आफु बच्नु पर्दछ तथा आफनो घर पालुवा जनावरलाई बचाउनु पर्दछ। रोगको लक्षण देखिसके पछि उपचार संभव छैन। तर कुकुरले टोके पछि जती छिटो लगायो रोगबाट बच्न सकिन्छ। कुकुरले टोकेको घमउलाई तुरुन्त साबुन पानीले १५–२० मिनेट धुने। धाउमा बिटादिन एन्टीवायोटिक लगाउनु पर्छ। घावमा नुन खोर्सानी नदल्नुस। नीम हकिम, झोला छाप डाकटर धामी झांक्रीको भर संपर्क परामर्श तुरुन्तै पशुचिकित्सक एवं मानवीय चिकित्सक संग परार्मश गर्नुस। तुरुन्त र सहि टिका कररााले रेबीज रोगबाट बचाउंछ। खोप ०–३–७–१४ र ३० दिनमा लगाउनु पर्दछ।
पालेको कुकुरलाई रेबीजबाट बचाउने खोप उमेर तालिका अनुसार प्रत्येक वर्ष लगाउनु पर्दछ। कुकुरले टोकेमा कुकुरलाई १० दिन सम्म नीगरानीमा राख्नु पर्छ यदि कुकुर रेवीज ग्रसीत रहेछ भने यस अपधिमा लक्षण देखाउछ अनि मर्छ।

रेबीजको रोकथामः
कुकुर बिरालोलाई रेबीज खोप लगाउने। घरपालुवा जनावरलाई छाडा न छाडेन किनकी भुस्याहा कुकुरको संर्पकबाट रोगको संक्रमण हुने डर हुन्छ। पालेको कुकुरको वन्धाकरण एवं स्थायी मानीन्छ। घरबाहिर फोहर रछयान न फाल्नुस यस्ले भुस्याहा कुकुर छाडा पशुलाई आर्कषित गर्छ। जंगली जनावर न पाल्नुस। नाचिकेको, जंगली जनावर नछुनुहोस् यदि टोल छिमेकमा कुनै जनावरले असामान्य व्यवहार देखाएमा स्थानीयत तहको पशुचिकित्सा निकायमा खबर गर्नुस। भुस्याहा कुकुर नियत्रणमा सहयोगी हुनुस। पालतु कुकुर बाधेर राख्नुस छिमेकीलाइी टोक्न नपाओस्, रेवीजबाट बच्न सकिन्छ रोग लागे पछि उपचार सम्भव छैन।