पृष्ठभुमीः
कुकुरको टोकाईबाट सामन्यतया बच्न सकिन्छ । स्वास्थ्य उपचार केन्द्रमा आकस्मिक रुपमा हुने चोट पटक, घाउजन्य उपचारको ६० प्रतिशत विरामी कुकुरकै टोकाईबाट हुने गरिन्छ । दशबर्ष मुनिका बालबालिका तथा जेष्ठ नागरिक कुकुरको टोकाईबाट बढी जोखिममा पर्ने मानिन्छ । सामान्यतया सवै खाले पशुले मानिसलाई टोकेमा नजिकको स्वास्थ्य चौकी जानकारी गराई उचित सल्लाह लिनु बुद्धिमानी मानिन्छ , सो भए त्यसबाट जनस्वास्थ्य एवं जनसमुदाय रेविज रोगको जोखिममा पर्ने संभावना भए, नभएको एकिन गरी आवश्यक रोकथाम गर्न सकिन्छ ।
मानिस किन घरमा कुकुर पाल्न मन पराउछन् ः
१. किनभने कुकुर मानिसका सवै भन्दा नजिकका आज्ञाकारी सहयोगी अनि साथी मानिन्छन् ।
२. प्रायजसो साना नानीहरु कुकुरलाई आफ्ना आत्मिय साथी ठान्दछन् ।
३. कुकुरको स्याहार सुसारमा लाग्दा मानिसको मनो बैज्ञानिक स्वास्थ्यमा सुधार ल्याउछ ।
४. कुकुरको स्याहार सुसारमा संलग्न हुने व्यक्ति शारिरीक रुपमा बढी क्रियाशिल रहन्छ ।
५. कुकुरले मानिसलाई एक्लो एकाङ्किपन हुन बाट बचाउछ ।
६. कुकुरलाई स्याहार सुसार गर्दा , खेल्दा, डुल्दा रक्तचाप जन्य स्वास्थ्य समस्या कमी गराउछ ।
७. मुटुजन्य रोगबाट प्रभावित विरामी जसको शल्यक्रिया गरिएको छ, त्यस्ता प्रभावित व्यक्ति यदी कुकुरको समिपमा समय विताउने गरेको भए कुकुर नपाल्ने भन्दा १ देखी २ बर्ष बढी बाच्ने गर्दछन् ।
८. शारिरीक अपांगता भएका व्यक्तिहरुले कुकुरलाई सहयोगीका रुपमा पाल्ने हो भने त्यो कुकुर तपाईको प्रबेश गरेको ६ महिना भित्र करिव ७० प्रतिशत सहयोगीले गर्ने कुकुरले सहयोग पु¥याउछ ।
९. शारिरीक अपांगता भएका व्यक्तिहरुलाई कुकुरले आत्मियता देखाउनुका साथै यसबाट उत्पन्न हुने हिनता बोध गराउन मदत पु¥याउछ । म बेसाहारा छु भन्ने अनुभुती गर्नुको साटो म आफै सक्षम छु भन्ने आत्म विश्वास जगाउछ ।
कुकुर धनि÷कुकुर पालकहरुको सामाजिक जिम्मेवारी यस प्रसंगमाः
१.तपाईले पाल्न चाहनू भएको कुकुरको जात, अनि कुकुरको बच्चाको छनौट चनाखो भई गर्नुस् । कसैको भनाई सुनेर छनौट गरी सके पछि पशु चिकित्सकसंग परामर्श गर्नु होला र यसवारे तपाईको कम्पाउण्ड अवस्थित अनुसार त्यो कुुकुरका बानि व्यहोरा तथा कुकुर सहज रुपमा हुर्किन्छ वा भिजो मान्ला यसबारे उपयुक्त परामर्श तपाईले पाउनु सक्नु हुनेछ ।
२.तपाईले पाल्ने कुकुर तपाईको घर कम्पाउण्ड,अनि तपाईका घरका सदस्य, अनि घरमा भएका अन्य जनावर संग सजिलै सौहार्द रुपमा तालमेल गर्न सक्ने वातावरण बनाउनु होला जसले गर्दा तपाईले पाल्न ल्याएका बच्चामा डर वा त्रास महसुर नगरी म यहा सुरक्षित पनि छु अनि मलाई यहाको वातावरणमा मलाई कसैले जिस्काउदैन भन्ने विश्वास होस् ।
३.तपाईको घर परिवारमा ४ बर्ष मुनिका कोटा केटी छन् भने घरमा कुुकुर ल्याएर पाल्ने जमर्काे नगर्नु होला किनभने घरमा पालेको कुकुरको टोकाईको जोखीममा प्रायजसो साना नानीहरुनै पर्ने गर्छन् ।
४. कुकुरलार्इृ उचित तालिम प्रशिक्षण दिनुहोस् जस्तै बस, त्यही उभिनु, भो नगर्नु, यता आउ जस्ता गतिविधी बारेमा कुकुरलाई तालिम दिनु होला । अझ हलूका मनोरन्जन मुलक खेल तपाईको कुकुरसंग खेल्ने गर्नुस र हेर्नुृुस तपाईको कुकुर कती आज्ञाकारी हुदो रहेछ । तर कुकरलाई झिझों लाग्ने,उचाल्ने, पछार्ने, घिसार्ने थिचोर्ने जस्ता खेला वा क्रियाकलाप नगर्नु होला । कुकुरलाई सार्वजनिक स्थालमा डुलाउन लैजादा सिक्रिा सांलो लगाई लैजानु होला ।
५.कुकुरलाई सधै स्वास्थ्य अनि तन्दुरुस्त राख्नु होला यसका लागी रेविज लगायत तपाईको क्षेत्रमा देखा पर्ने संक्रामक सरुवा , वा लसपस बाट सर्ने कुकुरको उमेर अनुसार नियमित लगाउनु बेस हुन्छ । जुका लुतो दाद जन्य रोगको पुर्व नियन्त्रणका लागी बेलाबेलाम औषधी प्रयोग गर्ने गराउने गर्नु होला । जती तपाईको कुकुर यस्ता रोगको अवस्थामा हुन्छन् त्यतीनै आक्रमक अनि किचकिचे हुन्छन् । यसैको आधारमा यी कुुकुरले तपाईका परिवारका सदस्य संग कस्तो व्यवहार गर्छन् भन्ने एकिन हुन्छ ।
एउटा जिम्मेवार कुकुर धनि बन्नुहोस्ः
१.आफ्नो क्षेत्रमा स्थानिय निकाय ÷समुदायमा कुकुर दर्ता गराई राख्नुस् । कुकुरहरु सामाजिक प्राणि हुन् । यिनिहरुसंग बढी भन्दा बढी सामिप्यता राख्नु होस् । हेला नगर्नुहोस् । एक्लै नछाड्नुहोस् । यस्ता अवस्थामा कुकुरहरुले डरलाग्दा व्यवहार देखाउने गर्छन् ।
२.कुकुरको परिवार नियोजन बध्याकरण गर्नु होस् । किनभने यसो गरिएका कुकुरले टोक्ने झम्टने रिसाउने जस्ता व्यवहार गरेका कुकुरहरु भन्दा तिन गुणा कम गर्छन् ।

कस्ता ठाउमा कुकुरले टोक्ने सम्भावना रहन्छ ः
१. ५० प्रतिशत जती कुकुर पालेका घरमा यो समस्या हुन सक्छ ।
२. ७७ प्रतिशत जती प्रभावित हुने व्यक्ति कुकुर धनिका आफन्त तथा चिनजानका मानिस हुन्छन् ।
३. ४ बर्ष भन्दा मुनिका केटा केटीहरु मध्य आधाजसो आफ्नै घरमा पालेको कुकुरको टोकाईमा पर्ने गरेका छन् ।
४. प्रति १० मध्ये ९ जनालाई आफ्नै घरको कुकुरले टोकेको हुन सक्छ ।
५. कुकुरहरुलाई अनावश्यक रुपमा जिस्कायमा प्रायः जसो कुकुरले मानिसलाई टोक्ने गर्छ ।
कुकुरले टोक्छ किन ?
१. आवश्यक तालिमको एवं सामाजिक करण नगरेमा ।
२. केटा केटीहरुले कुकुरसंग अनावश्यक रुपमा जिस्कीयमा ।
३. कुकुर नजिक पुग्दा डराउने वा दोडी भाग्ने गरेमा ।
४. कुकुरहरुलाइ अनावश्यक रुपमा उचाल्ने, पछार्ने, घिसार्ने गरेमा रिसले टोक्न सक्छ ।
कस्ता र कुन उमेर समुहका मानिस कुकुरको टोकाईमा पर्छन् ?
६० प्रतिशत कोटा केटी यसका शिकार हुन पुग्छन् । १२ बर्ष मुनिका ५० प्रतिशत केटा केटी बढी यसबाट प्रभावित हुन्छन् । जेष्ठ नागरिक, बुढाबुढी बढी टोकाईबाट प्रभावित हुन्छन् । घरमा चिठी पत्र पु¥याउने हुलाकी, विजुलीको मिटर जाच्न आउने कामदार प्रविधिक बढी पर्न सक्छन् ।
कुकुरको टोकाईबाट कसरी बच्ने ?
१.भुस्याहा, फिरन्ते अपरिचित कुकुर नजिक पुग्दा अली साबधान हुनु पर्छ साथै आफैले पालेको कुकुरलाई माया गर्ने गर्नु पर्छ । साना केटा केटीहरुलाई कुकुर नजिक एक्लै नछोड्नुहोस् । केटा केटीहरुलाई कुकुर नजिक जादा चनाखो हुन सिकाउनु पर्छ । केटाकेटीहरु लाई अपरिचित कुकुरसंगखेल्न जिस्कन भन्दा पहिले सम्बन्धित कुकर धनि संग अनुमती लिने कुरा सिकाउन पर्छ । कुकुर अगाडी पुग्दा भाग्न दौडने गर्नु हुदैन, कुकुरले लखेट्ने, समात्ने जस्ता कार्य मन पराउछन् । कुकुरले आफ्ना बच्चलाई दुध चुसाई रहेको बेला, सुतेको बेला, अथवा खाना खाइ रहेका बेला जिस्काउन चलाउन हुदैन ।
२.कुकुरले भुकेको बेला तपाईे अगाडी आई पुगेको बेला नभागी शान्त भई उभिनुस् । यसबाट कुकुरले तपाईबाट खतरा नभएको ठान्ने छ । आफै आफ्नो बाटो लाग्छ ।
३.कुकुरले झम्टिन खोजेमा शान्त भई उभिनुस् , नतर्सिनुस्, यस्ता कुकुरलाई सोझै आखा नतरनुस, शान्त तर निडर भई हर्कानुस् नगएसम्म शान्त भएर उभिनुहोस् । फर्केर नभाग्नुस् ।
४.केही गरी कुकुरले भम्टन खोज्दा लड्नु भएछ भने भकुण्डो जस्तो आकारमा कुकरुक्क गरी बस्नुस् , दुवै हात टाउको तथा घाटी मुनी राखी मुख छोपी अनुहार सुरक्षित राख्नुस् ।
कुकुरको टोकाईबाट जनसमुदय सुरक्षित राख्न के गर्नु पर्ला ?
यसका लागी सामुदायिक सरोकारवाला हरुको सामुहिक प्रयास अनिवार्य हुन्छ ।