वरिष्ठ पशुचिकित्सक
सेवा निवृत्त प्रमुख
भेटेरिनरी जनस्वास्थ्य कार्यालय
त्रिपुरेश्वर, काठमाडौं ।

रेविज एउटा विषणु जनित ज्यानमारा रोग हो । यो रोग मुख्यरुपमा कुकुरले टोक्नाले फैलिन्छ । यसका अतिरिक्त बाादर, विरालो गाइ, बाख्रा, भैंसीको ¥यालसँग सम्पर्क आउनेले टोक्नाले पनि यो रोग फैलिन सक्छ । कुकुर एवम् विरालोमा आफूलाई चाट्ने बानी हुन्छ । तसर्थ तिनको पञ्जाले कोतरे पनि रेबीज जिवाणु शरीरमा प्रवेश गर्न सक्छ । यदि हाम्रो शरीरमा कुनै घाउ चोटपटक छ जसमा रोगी पशुको ¥याल खस्यो भने पनि यो रोग मानिस वा अनय कुनै जनावरमा फैलिन सक्छ । आँखा, कान, नाकमा दूषित ¥याल खसेमा पनि यो रोग फैलिन सक्छ ।
वैश्वीक रुपमा रेबिजबाट मृत्यु हुने संख्या ६०,००० प्रतिवर्ष अनुमान गरिएको छ । रेबिजलाई टिकाकरण गराउनाले बचाउ सम्भव छ तर यो भए पश्चात मृत्यु हुने निश्चित छ । आजको उत्तर आधुनिक सूचना प्रविधि एवम् चिकित्सा प्रविधियुक्त मानव सभ्यतामा पनि जनस्वास्थ्य कर्मीहरुको चिन्ता र चासो यतिले गर्दा हो नी ।

रेबिज रोगको मुख्य कारण ः
रेबिज लासा बिषाणुद्वारा हुन्छ । यो बिषणु मुख्यतया रोगी पशुहरु जस्तै कुकुर, बिरालो, बाँदर जस्ता मांशाहरी पशुहरुको ¥यालमा पाइन्छ, स्वस्थ अवस्थामा पनि ।
कुकुरले टोक्नाले, स्लाल, ब्वाँसो, बाँदर, चितुवा आदिले टोक्ने, चिथोर्नाल, मुसा, लोकखर्केबाट पनि यो रोग फैलिन्छ किनकि रेबिजको बिषाणु प्राकृतिकरुपले यीनको शरीरमा पाइन्छ । यदि जंगली जनावरले यिनको शिकार गरेर खाए भने यो रोग तिनमा फैलिन्छ । यस रोगबाट ग्रस्त गाई, भैंसी आदिको मुखमा हात हाल्दा पनि यो रोग फैलिन्छ ।

मानिसमा रोगको लक्षण ः
टाउको दुख्ने, जिउ दुख्ने, कडा ज्वरो, पानीदेखि तर्सिने, आँखा चिलाउने, झम्म हुने, घाँटी खसखस भई चिलाउने, सुन्निने, ¥याल चुहिने, खान पिउन अप्ठ्यारो हुने, अवाज बदलिने, तेज, उज्यालो तेज, आवाजसँग डराउने, चिडचिडापन हुने, अन्तिम अवस्थामा पक्षघात हुने वा बेहोस हुने । यस रोगबाट ग्रसित व्यक्तिवा पशुको ५ देखि १० दिन भित्रमा मृत्यु हुनसक्छ ।

उपचार एवम् रोकथाम ः
१. शरीरको जुन अङ्गमा कुकुर आदि जनावरल टोकेको छ त्यसलाई कम से कम १५ मिनेटसम्म सफा पानी एवम् सावुनले धुने गर्नुपर्छ ।
२. घाउलाई धोइसकेपछि त्यसमा स्पिरिट, चिन्चर आयोडिन वा बेटाडिन लगाउने ।
३. घाउलाई खुल्ला छाड्ने त्यसमा वैन्डेज एवम् टाँका नलगाउने ।
४.तुरुन्तै चिकित्सकसँग परामर्श गर्न ढिलो नगर्ने
५. कुकुरले टोकेपछि चाँडो भन्दा चाँडो ०–३–७–१४–२८ दिनमा पाँचवटा एन्टीरेबिज खोप लिने ।

रेबिजबाट ग्रसित पशुको लक्षण ः
मुख्यरुपले पशु अथवा कुकुरहरुमा यस रोगको दुई अवस्था हुन्छन् पहिलो अवस्थामा लक्षण तीब्र हुन्छन् कुकुर बढी धेरै उत्तेजित रहन्छ, अचानक टोक्न थाल्दछ, काल्पनिक हुराहरुसँग भुक्छ र विस्तारै पक्षघात हुन्छ ।
दोस्रो अवस्थामा कुकुर आश्चर्यरुपमा शान्त हुन्छ । उसले आफ्नो मालिक एवम् अन्य सदस्यलाई चिन्न सक्दैन अनि भनेको पनि मान्दैन । उसको मुखबाट धेरै मात्रामा ¥याल खस्दछ । घाँटीको तल्लो भाग सुन्निनाले भुक्न सक्दैन एवम् खानपिउन गाह्रो हुन्छ ।

आवश्यक जानकारी राख्नु पर्ने कुराहरु ः
के जथाभावी टेक्ने कुकुर पाल्नु थियो वा फिरन्ते भुस्याहा, स्वस्थ थियो कि रोगी, बिरामी वा बिमारीको लक्षणहरु के थिए, टोक्ने कुकुरलाई रेबिजको खोप लगाएको थियो÷थिएन, लगाएको भए कहिले, टोकेको घाउ कस्तो किसिमको छ, शरीरको कुनै भागमा घाउ भएको छ, के टेक्ने कुकुर वा जनावर आउँदो २१ दिनका लागि निगरानीमा राख्न उपलब्ध छ, यदि छैन भने रोकथामका लागि खोप लगाउन शुरु गर्ने ।

रेबिजको विषयमा ध्यान दिन योग्य कुराहरु ः
रेबिज एउटा बिषाणुद्वारा फैलिने रोग हो । जसको रोकथाम खोप लगाएर हुन्छ । मनिसमा रेबिजबाट हुने मृत्युको कारणहरुमा कुकुरको टोकाइ प्रमुख मानिन्छ । रेबिज रोगको रोकथाम सम्भमब छ मात्र निम्न कुराको ध्यान दिनुपर्ने हुन्छ ः
कुकुरलाई एन्टी रेबिज खोप नियमित दिने, कुकुरको टोकाइबाट बच्ने, एसिया एवम् अफ्रिकामा प्रत्येक वर्ष रेबिजबाट हजारौं मानिसहरुको मृत्यु हुन्छ । त्यसैले यस रोगलाई नेग्लिकेटेड ट्रपिकल जुनोशिस भनिएको होला । रेबिजबाट मृत्यु हुनेहरुमा ४० प्रतिशत बालबालिका १५ वर्षभन्दा कम उमेरका हुन्छन् । कुकुरले टोक्ने वित्तिकै घाउलाई सफा पानी तथा साबुनले राम्रोसित धोयो भने यसले ५० प्रतिशतसम्म रोकथाम गर्दछ । रेबिजलाई केबल हुनुभन्दा पहिलो रोकथाम गर्न सकिन्छ तर भइसकेपछि कुनै उपचार सम्भव छैन । त्यसैले भनिन्छ रेबिजबाट बच्न सकिन्छ बचाउन सकिन्न । घरपालुवा कुकुरलाई रेबिज रोग लाग्न सक्छ यदि तिनलाई एन्टी रेबिज खोप उमेर अनि समय तालिका अनुसार लगाइएको छैन भने ।

पालेको कुकुरमा रेबिज रोगको व्यवस्थापन ः
पाल्तु कुकुरलाई धेरै समय बाहिर एक्लै घुम्न छाडा छोड्नु हुँदैन एवम् बहिरको खाना खान दिनु हुँदैन बचेको खानेकुरा हटाइदिने ताकि जङ्गली जनावर तथा भुस्याह कुकुर झुम्मिन नपाउन् । यदि कुनै जङ्गली जनावर एवम् भुस्याहा कुकुर टोलमा डुल्दै गरेको देखिए÷भेटिएमा सम्बन्धित निकायलाई खबर गर्ने । घरको मुल ढोका यसरी बनाउनुस कि कुनै पाल्तु कुकुर बाहिर जान नपाओस् । स–साना केटाकेटीहरुलाई भुस्याहा नचिनेको कुकुरहरुलाई छुनु हुँदैन भनि शिक्षा दिइनु पर्छ । पालेको कुकुरलाई रोबिज रोगबाट बचाउनका लागि नियमितरुपमा पहिलो खोप ३ महिनाको उमेरमा, तत्पश्चात पहिलो खोप लगाएको एक वर्ष पछि एउटा खोप प्रत्येक वर्ष ।
ध्यान राख्नुस साबधानी अपनाउनाले रेबिजबाट बन्च सकिन्छ एवम् प्राथमिक उपचारबाट रोगीलाई राहत दिन मात्र हैन बचाउन पनि सकिन्छ यसो गरिएमा अगाडि गरिने उपचारमा सहयोग पुग्नेछ ।