रेवीज एउटा वायरल रोग हो जुन स्तनधारीहरुलाई प्रभावित गर्दछ । अकसर यसले जंगली जनावरलाई प्रभावित गर्छ तर मानिस र पशुधन पनि यसको जोखिममा हुन्छन् । यो एउटा जेनेटीक रोग हो जुन पशुबाट मानिस र मानिसमा साटफेर हुन्छ । यसमा रोगीको व्यवहारमा बदलाव अधिक उत्तेजना पागलपन पक्षघात अनि मृत्यु हुन्छ । यस विषाणुले मानिसहरु पशुहरुको मस्तिष्क तथा मेरुदण्ड सहित केन्द्रिय तन्त्रलाई प्रभावित गर्दछ । यो प्रकृयामा औषतमा एकदेखि तीन महिनम लाग्छ तर कहिलेकाहीँ केही दिन वा केही साल पनि लाग्न सक्छ । रेवीज विषाणुले दुई रुपमा प्रभावित गर्छ । उग्र वा पक्षघात लाटो रुपमा मानिसमा यसलाई हाइड्रोफोवीया या जलटांका भनिन्छ किनभने यस रोगमा घाँटीको मांसपेशीहरुमा ऐठनले गर्दा रोगीले पानी पिउन सक्तैन । रेवीज केहि देशलाई छाडेर दुनियाको सबै भागमा पाइन्छ । सख्त जियम तथा रोकथामका कारण अस्टे«लिया न्युजिलैण्ड, डेनर्माक, व्रिटेन जस्ता देशहरुमा रेवीजको नाम निशान छैन । नेपालमा रेवीजको रुप छ जुन नियमित देखिन्छ ।

कारण ः
रेवीज रेबडो भाइरस जीनस लिस्सा भाइरस सँग सम्बन्धित छ । यसको आकार पेस्तोलाके गोली जस्तो हुन्छ । यसको लम्बाई लगभग १८० नैनो मिटर र व्यास ७५ नैनो मिटर हुन्छ । यो विषाणुले स्नायु तंत्रको कोशीकाहरुमा आफ्नो बृदधी गराउँछ । तातो रगत भएका पशु यस विषाणुका लागि ग्रहणक्षम हुन्छन । ग्रहणक्षमता सबैजातीमा बेग्लाबेग्लै हुन्छ । पशु जस्तै कुकुर, स्याल, फ्याउरो, ब्आसो यस रोगको अत्याधिक ग्रहणक्षम हुन तथा यसका बाहेक पनि घरेलु पशु जस्तै गाइ भैसी भेडा बाख्रा सुंगुर आदि यस रोगबाट ग्रसीत हुन्छन । यो विषाणु नरभस तन्तु, सेलीवरी ग्लैण्डबाट ¥यालमा पाइन्छ । धेरै कम मात्रामा यो लीम्फ दुध र पिसावमा पाइन्छ ।

रेवीजको प्रसार ः
रेवीज ग्रसीत पशुले टोकनाले धेरै जसो यो रोग फैलिन्छ । मुख्यत रेवीजबाट ग्रसीत कुकुर विरालो तथा जंगली जनावरहरु जस्तै स्याल, फ्याउरो, चितुवा आदिले टोकेमा विषाणुको प्रसार हुन्छ । ¥याल विषाणु संरचणको प्रमुख श्रोत मानिन्छ । किनकी यो विषाणु ग्रसीत पशुद्वारा ¥यालको माध्यमबाट बाहिर आउँछ । विषाणु छालाको खाल र छाला दरफरायेको ठाउँको माध्यमाट शरीरमा प्रवेश सम्भव हुन्छ । यो तथायी असामान्य मानिन्छ । खुल्ला घाउ नूलेष्मा झिल्ली आँखा र मुख विषाणुका लागि संभावित प्रवेशद्वार हुन् । सामान्य पीर स्थिति अन्तर्गत विषाणु हावाबाट फैलिदैन ।

रोग जनन विकास ः
रेवीज विषाणु काटीएको कोतरीयेको छालाद्वारा शरीरमा प्रवेश गर्दछ र शुरुआतमा स्थानीय तन्तु र मांसपेशीहरुमा आफ्नो बृद्धी गर्दछ । यस पछि विषाणु स्नायुतन्त्रमा प्रवेश गर्दछ र जसले रोग विकास हुनमापछि विषाणु स्नायुतन्त्रमा प्रवेश गर्दछ जसले रोग विकास हुनमा मद्दत गर्दछ । यो विषाणु मस्तिष्कमा पुगेपछि धेरै भागमा नोकसान पु¥याउँछ । यसबाट तंत्रीका कोशीकाहरु उत्तेजीत हुनाले पशु उग्र हुन्छ । तंत्रीका कोशीकाहरुको अद्यः पतन हुई कतिपय मांसपेशीहरुमा पक्षघात हुँदा पशु आहार र पानी निल्न सक्तैन । यदि स्वास प्रकृयाका मांसपेशीहरुको पक्षघात भएमा पशुलाई सास फेर्न गाह्रो हुन्छ र पशुको मृत्यु हुन्छ । विषाणुको शरीरमा प्रवेश गरेपछि लक्षण आरम्भ हुने अन्तराल धेरै कुरामा निर्भर हुन्छ । शरीरमा टोकेको ठाउँ र मस्तिष्कको दुरी, जख्मको आकार प्रकार घाउमा प्रवेशित विषाणुको संख्या, घाउमा जाने ¥यालको मात्रा आदि अनुसार रोगको लक्षण छिटो चाँडो वा ढिलो देखिन सक्छ ।

लक्षण ः
गाई भैसीमा रेवीजका निम्न लक्षण देखिन सक्तछन । पशु अस्थिर अवस्थामा लडखडाएको देखिन्छ । पशु अन्य पशुहरुमा पर्खालमा ठोकिन्छ, हल्का तापमान अस्वस्थता भोक कम लाग्ने दुध उत्पादनमा कमी, कान दिन छिनमा काम्ने हल्लीने, मुखको मांसपेशीको पक्षघातका कारण पशुले मुख खुल्ला राख्छ, मानौ कुनै चीज अडकिएको छ, तथा अत्यधिक ¥याल काठनेदात कट्कट्याउने, पशु केही कुरा निल्न पिउन असमर्थ हुन्छ र विना आवाज कराउने कोशीश गर्दछ । स्वर रज्जुमा पक्षघातका कारण मुखबाट करकस आवाज निकाल्ने, पशुमा यौनइक्षा बढ्ने र छिन छिनमा पिसाव गर्ने, गाई भैसीले बली खोजेको लक्षण प्रकट गर्दछन र अरु पशुमा चढ्ने कोसीस गर्दछन् । यी लक्षण् १–३ दिन सम्म निरन्तर देखिन्छ । त्यसपछि छिटै तेजपक्ष घातका कारण केहि घण्टामा नै पशुको मृत्यु हुन्छ ।

रोग निदान ः
लक्षणका आधारमा, हिस्टो प्याथोलोजीक परिक्षण मस्तिक तन्तुमा ने गरी बढीको उपस्थिति, फ्लोरोसेन्ट एन्टीवडी उपस्थिति टेस्ट ।

उपचार ः
एक पटक यदि रेवीजको लक्षण देखिए यसको उपचार सम्भव छैन रोगको लक्षण प्रकट भइसके पछि पशु या मानिसको मृत्यु हुने निश्चित हुन्छ । औषधिको प्रयोगले मात्र रोगी पशुमा अत्तेजना, मुर्छापर्ने र कष्ट कम गराउन सकिन्छ यसैले रोकथाम नै एक मात्र उपाय मानिन्छ ।