हालका केही दिन यता हेटौडा, काठमाडौं कास्कीमा कुखुरामा बर्डफलु पुवटी भई करिव सवालाख कुखुरा नष्ट गरिएको छ । गाएको जाडो मौसममा देशका बिभिन्न भागमा किसानहरुले पालेका विभिन्न खाले कुखुराहरु अत्याधिक विरामी भई उपचार गर्दा गर्दै पनि मर्न थालेको सामाजीक संजालमा सकृय कुखुरा पालन समुहको सदस्यको वालमा छयाप छायापी देख्न सकिन्थीयो सो क्रममा समुहमा सकृय सदस्य दाना चलला आपुर्तीकर्ता तथा एग्रोभेट संचालकहरुले आफु खुशी रोग निदान गरी थरीथरीका रोगको उपचार नगरेका होइनन । तर कुखुरा मर्न रोकिएको होइन तर जव सरकारी स्तरबाट रोग निगरानी तथा अनुगनमनका क्रममा लाएको नमुना विभिन्न श्रृङखलामा प्रयोगशाला परिक्षण गर्दा कुखुरा मर्नुको कारण एच ५ एन १ इन्फलुइन्जा थाइरसको संक्रमण भएको पुष्टी भयो जस्लाई विश्व पशु स्वास्थ्य संगठनले समेत प्रमाणीत गरेको छ । उपरोक्र प्रजातीको भाइरसको कुखुरा प्रजातिमा संक्रमण भए यसलाई बर्डफलु भनिन्छ । यसको लक्षण रुघाखोकीसँग मिल्दो जल्दो हुन्छ । इन्फलुएंजा–ए विषाणुलाई प्रोटिन का आधारमा दुई भागमा वगीकृत गरिन्छ । १) हिम एग्लु टिनिन २) न्युरा मिनीडेस (ल्क्ष्(ल्ढ० प्रोटिन कुुखुराको विषाणुमा पाइन्छ । यस विषाणुलाई निम्नलिखित रुपमा बर्गिकृत गर्न सकिन्छ । अध्याधिक रोगजनक एवियन इन्फलुएंजा तथा २) कम रोगजनक एवियन इन्फलुएंजा ।
रोगको प्रसारणः अत्याधिक रोगजनक विषाणु कुखुराको बथान मा तेजीले फैलन्छ । कम रोगजनक विषाणु कम घातक हुन्छ यस्ले प्रायजसो कुखुरामा फुल उत्पादनमा प्रभावित पार्दछ । एवियन इन्फलुएंजा धेरै जसो संक्रमित तथा स्वास्थ्य पंक्षिहरुको सम्पर्क द्वारा फैलिन्छ । यो संक्रमण दुषित उपकरणको माध्यमबाट अप्रत्यक्ष÷पत्येक्ष रुपबाट फैलन्छ । यो विषाणु संक्रमित पंक्षीको नाक मुख आँखाबाट बग्ने श्रावमा पाइन्छ । मानिसमा अत्याधिक रोगजनक विषाणु रोग संक्रमित पंक्षीसँग सिधा सम्पर्कबाट फैलन्छ । मानिस बाट मानिसमा संक्रमण निष्प्रभावी हुन्छ ।
रोगको लक्षणः कुखुरामा इन्फलुएंजा रोगको लक्षण तथा मृत्यु दर कुखुरामा तनाव तथा पाहुना प्राजातीको आधारमा निरभर हुन्छ ।
कम रोगजनक इन्फलुएंजा रोगः कम रोगजनक एविएन इन्फलुएंजा विषाणु सामान्यतया हाछियु गर्दा खोक्दा आँखा नाकको प्वालबाट चुहिएर फैलन्छ । यसमा श्वास लक्षण देखिन्छ । फुले उत्पादनमा कमी प्रजनन क्षमतामा कमि अण्डकोष सुन्नीने, मृगौला बिफल हुने आन्द्रासाेिध यस्का प्रमुख लक्षण हुन बथानमा मृत्यु दर प्रायजसो कम हुन्छ । यस रोगको तीव्रता अन्य जिवाणु तथा विषाणु जनीत रोगहरु सँग बढेर जान्छ । अत्याधिक रोगजनक एभीयन इन्फलुएंजाः अत्याधिक रोगजनक एभीयन इन्फलएंजा रोग टर्किकुखुरा तथा अन्य पंक्षी प्रजातिहरुको गम्भीर रोग मानिन्छ । जस्मा मृत्यु दर अत्याधिक हुने गर्दछ । यस रोगका कारण मृत्यु दर १०० प्रतिशत सम्म हुन्छ । अत्याधिक तीव्र विरामीमा कुनै लक्षण नदेखाई मृत्युदर १०० प्रतिशत सम्म हुन सक्छ । यस रोगमा सुन्निने निलो हुने खुट्टा तथा मासपेशीहरुमा रक्तश्राव हुने गर्दछ । मुख नाकबाट ¥याल रगत बग्ने गर्दछ ।
पंक्षीबाट मानिसमा सर्ने रोगः पंक्षीहरुबाट मानव संक्रमण दुर्लभ मानिन्छ । सबै भन्दा बढी मानव रोग युरोशीयाई ज्क्ल्क्ष् अत्याधिक रोगजनक एवियन इन्फलुएंजा संक्रमणबाट भएको छ । मानिसमा एवियन फलुको संक्रमणको लक्षण तनाव एव विषाणुमा निरभर गर्दछ । ज्कल्ष् विषणुबाट मानिसमा फलु जस्तो लक्षण देखिन्छ । जस्तो खोकीलाग्ने अतीसार सास फेर्न गाह्रो अत्याधिक कडा ज्वरो, टाउको दुख्ने मांसपेशीहरु दुख्ने सिंगान बग्ने हुन्छ ।
रोकथामका उपायहरुः
स्वच्छतामा पूर्ण ध्यान दिने पाल्तु या जंगली पंक्षीहरुलाई सम्पर्कमा आउन बाट बचाउने खानपान तथा भाडा कुडाको सरसफाइमा ध्यान दिनाले एभीयन इन्फलुएंजा रोगको जोखीमकम गर्न सकिन्छ । कुरा फार्म माअल इनअल आउट प्रकृयाबाट पालन अनिवार्य तथा उपयोगी हुन्छ । जीवित रोग ग्रस्त बजारहरु या अन्य माध्यमहरुबाट कुखुरा फार्ममा ल्याउनु हुदैन । ती मानीस जो नियमित पंक्षीहरु सँग सम्पर्कमा आउदैनन् तीनमा एवियन इन्फलुएंजा रोग हुने जोखीम धेरै कम हुन्छ । कुखुरा पालन, पंक्षीहरुको रेखदेख गर्न मजदुर बन्यजीव विशेषज्ञ पशुचिकित्सक आदिमा रोग लाग्ने सम्भावना बढी हुन्छ । कुखुरालाई बाहिरी पंक्षीहरु तथा तीनको विषबाट टाढा राख्नु पर्दछ । संक्रमण नियन्त्रण व्यक्तिगत सुरक्षण उपकरणको उपयोगले एवियन इन्फलुएंजा संक्रमण क मगर्न सकिन्छ । आँखा नाक मुखको सुरक्षा गरिनु महत्व पूर्ण मानिन्छ । किनभने यी विषाणु शरीरमा यीनको माध्यमबाट प्रवेश गर्दछ । उपयुक्त सुरक्षा उपकरण एपरन पंजा जुत्ता या बुट कवर सुरक्षा चस्माको प्रयोग अनी वार्य मानीन्छ । उपचारः इन्फलुएंजा विषाणुबाट संक्रमण ग्रस्त पंक्षिहरुको लागि कुनै विशिष्ट उपचार छैन रोगी कुखुरा मारेर गाडनु नै उचित हुन्छ ।