बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल श्रावण १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट श्री दिपक पोखरेल, श्री प्रेम राज पाण्डे र श्री सुदिप पौडेलले प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख श्रीे निर्मल कुमार छेत्री साउदले गर्नु भएको थियो । अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम संचालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय छ भन्ने कुरा प्रस्ट बुज्न सकिन्छ । सो कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक श्री भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख श्री रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख श्री योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।