जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको

 

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री  राम चन्द्र श्रेष्ठ   मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौको तर्फबाट श्री  नास्तु शर्माले हस्ताक्षर गर्नु भएको  

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी  नेपाल लि। बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नु हुनेछ