TVS ले ल्यायो बब्बाल फाईनान्स अफर

नेपालका लागि TVS Motors को एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्दै आएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले TVS मोटरसाइकल र स्कुटर २०% डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम EMI क्रमश: Jupiter मा रू ३,९०८, NTorq SQUAD EDITION मा रु ५,२५४ र Apache RTR 200 4v मा रू ६,८२२ खरिद गर्न सक्नेछन् । त्यसैगरी Apache RTR 2004v को नगद खरिदमा ग्राहकहरूले TVs Racing jacket नि:शुल्क प्राप्त गर्न सक्नेछन् । 
त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर exchange गरी नयाँ TVS खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने TVS ले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट TVS मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन।
यस योजनाको सन्दर्भमा बोल्दै TVS का प्रबन्ध निर्देशक दीपक रौनियारले भने,” हामी यो फाईनान्स योजनाले हाम्रा ग्राहकहरुलाई TVS खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ। हामी आशा गर्दछौं कि यो फाइनान्स योजनाले ग्राहकहरुलाई नयाँ TVS मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्नेछ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौं।”
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। नेपालमा १३७+ डिलर र २००+ सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVS ले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।

