आइएमई जनरल इन्स्योरेन्स लिमिटेड
Galaxy Specialty Clinic Pvt. Ltd.बिच सेवामा छुट  गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र  Galaxy Specialty Clinicका प्रबन्ध निर्देशक श्री शिव राज केसीले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकमहानुभावहरुलाई   Galaxy Specialty Clinic महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः  X-ray, USG, ECG, ECHO लगायतका सेवाहरुमा १०% सम्म र इएम् सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले  Galaxy Specialty Clinic सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।