नेपालमा छोराको चाहानामा छोरीहरुको स्वास्थ्य एवं भबिष्य सङग खेलाची हुँँदो छ । यस बारेमा लैन्चेस्टर विश्वविद्यालय द्धारा गरिएको अध्ययन अनुशार छोराको चाहनामा नेपाली आमाहरु आफ्ना नवजात छोरीहरुलाई छिटो भन्दा छिटो स्तनपान गराउन बन्द गराउदा रहेछन जस्ले गर्दा तिनको छोरा पानउे ईच्छा पुरा हुन साकोस ।
अध्ययनका अनुसार छोराहरुको दाँजोमा छोरीहरुलाई औसतन कम महिनासम्म स्तनपान गराईन्छ जस्को सिधा असर तिनको शारिरिक एवं मानसिक विकशमा पर्दछ । यती मात्र हैन जुन बालिकाहरुकाृ जेठी दिदि त छ तर कुनै दाजुभाई छैनन तिनको स्थिति अझ बढि नराम्रो छ । जर्नल ब्रिटिस मेडीसीन साइन्स न्युट्रिसनमा प्रकासित यस अध्ययनमा यो कुरा सामुन्ने आएको छ कि नेपाली शिशुहरुलाई जती कम अवधि सम्म आमाको दुध पाइन्छ तिनमा मृत्युको जोखिम त्यतिनै बढी हुन्छ ।
अनुसन्धानका अनुसार छोराको चाहानाले स्तनपानको अवधि लाई प्रभावित गर्न सक्छ किनकी यदि कुनै महिलाको छोरा भएको छैन भने उसले छोरा पाउने आशामा फेरी गर्भाधारण गर्नका लागी केहि बढि दवाव महसुस गर्दछिन । सोधकर्ताहरुका अनुसार जो महिलाहरु अर्को बच्चा पाउन चाहन्छीन तीनले पहिलो बच्चालाई स्तनपान गराउन चाँडै बन्द गर्न सक्छिन । सोध अनुसार नेपालमा छोराहरुको तुलनामा छोरिहरुलाई औसतन कम अवधि सम्म स्तनपान गराइन्छ ।
कुनै बच्चालाई कति सवधि सम्म आमाको दुध पाईने हो त्यो त्यस बच्चाको लिङ्गमा मात्र निर्भर हुनुहँदैन बरु साथै यस्का लागी उसको भाई बहिनीहरु लिङ्ग पनि अर्थ राख्दछ । यति मात्र होईन जुन बच्चीहरुको ठुली दिदीहरु होलान तिनले यसको अझ बढि परिणमा भाग्नु पर्ने रहेछ ।
आफ्नो यस अध्ययनमा अनुसन्धानकर्ताहरुले नेपालमा राष्ट्रिय स्तरमा उपलब्ध बालबालिकाहरुको स्वास्थ्य एवं पोषण संग सम्वन्धित तथयाङ्कहरु उपयोग गरेका छन जसलाई पष््रत्येक पाँच बर्षमा सङकलन गरिन्छ । आफ्नो यस अध्ययनमा अनुसन्धान कर्ताहरुले यो जान्ने प्रयास गरेका छन कि के मृत्युदरमा बालबालिकाहरुको लिङ्गको पनि प्रभाव पर्दछ एवं समय तथा ठाउँ अनुसार यो अन्तर कति फरक छ यस्मा पनि प्रकाश पारेका छन् ।
अध्ययन अनुसार विगतका २० बर्षहरुमा शिशु मृत्युदरमा सुधार आयेको त छ यदपी यो सुधार बालीकाहरुको दाँजोमा छोराहरुमा झन बढि थियो। अर्थात यो साँचो हो कि समयमा आउँदै गरेको यो परिवर्तन सङगै बालबालिकाहरुमा मृत्युदरको जोखीममा ह्रास आएको पछि तर यस सन्र्दभमा छोरा र छोरीहरुको बिचको अन्तर पनि अझ धेरै रहेको छ । हेर्ने हो भने जुन शहरी क्षेत्रहरुको आर्थिक स्थिती राम्रो छ त्यहाँ मृत्युतरको सम्बन्धमा छोरिहरुको स्थिती सबै भन्दा नराम्रो छ ।
कहिले बदलीने हो यो मानसिकता ः–
हेर्नेहो भने जीवनको सुरुका पाँच बर्षहरुमा बालबालीकाहरु का लागी पोषण ज्यादैनै महत्वपुर्ण हुन्छ जुन तिनको जिवन एवं विकासका आधार हुन्छ । यस्तोमा अनुसन्धान कर्ताहरुले यो पनि जान्ने प्रयास गरेका छन की के बालीकाहरुको शैशव अवस्था एवं बाल्यकालका प्रारम्भीक बर्षहरुमा पोषित आहारबाट गरिएको थियो । यदि हो भने के यसका कारणले तिनको स्वास्थ्य एवं मृत्यु दरमा असर परेको थियो । यस्का साथै अनुसन्धानकर्ताहरुले बालबालीकाहरुलाई दिइने आहारहरुलाई १६ क्षेत्रहरुमा बाँडेर यो जान्ने प्रयास गरेक थिए कि त्यसको खपतमा लिङ्गको प्रभाव परेको थियो । यती मात्र हैन के जन्मेको सुरुका घण्टामा तिनलाई आमाको दुध उपलब्ध थियो एवं तिनलाई कतिसमय सम्म स्तनपान गराईयो । यस्का साथै के तिनको आहारमा प्रयाप्त विविधता थियो अनुसन्धानमा जे निष्र्कश सामुन्ने आएको छ तिनका अनुसार आहारको खपत एवं विविधता को सम्बन्धमा लिङ्ग अन्तरको कुनै प्रभाव भेटिएन । यदपि स्तनपानको अवधिमा लिङ्ग अन्तरको देखिएको थियो ।
अनुसन्धानका अनुसार पहिलो बच्चाहरुमा जस्का ठुला दाजुभाई दिदि बहिनी थिएनन तिनलाई अरु बच्चाहरुको दाँजोमा कम अवधिका लागी आमाको दुध प्राप्त हुने भाग्य परेको रहेछ । हेर्ने हो भने धेरै जसो नेपाली महिलाहरु एउटा भन्दा बढि बच्चा चाहन्छन । यस्तोमा यदि तिनको पहिलो छोरि छ भने त छोराको चाहानामा बच्चालाई स्तनपान चाँडै बन्द गर्दछिन ।
यतीमात्र होइन बालीकाहरु जस्को ठुलो दाजुहरु थिए तिनको स्थिती कहिं बढि राम्रो थियो । जबकि जुन बालिकाहरुका दिदिहरु मात्र थिए तिनिहरुको स्थिति सबै भन्दा नराम्रो थियो । यस्का साथै अनुसन्धानमा यो पनि सामुन्ने आयो कि स्तनपानको अवधि सिधै शिशुहरुको मृत्यु दर संग सम्बन्धित थियो ।
हेर्ने हो भने यो समस्या मात्र नेपालसम्म सिमित छैन । दक्षिण एसियामा आजपनि भारत जस्तो देशहरुमा परिवारले छोराको चाहना राख्दछन । जस्कोे परिणाम छोरिहरुले भोग्नु पर्छ । भलै नै हामि विकासका जति नै ठुला ठुला कुरा गछौं तर आज पनि यस बारेमा मानीसहरुको मानसिकता मा कुनै धेरै परिवर्तन आएको छैन ।
कयौं निम्न एवं मध्यम आय भएका देशहरुमा आज पनी छोराहरुलाई कयौं विषय एवं सन्र्धवमा छोरिहरु भन्दा प्राथमिकता दिईन्छ । छोराको चाहनामा कन्या भ्रुण हत्याका घटनाहरु पनी देखा पर्दैछन । यती मात्र बालिकाहरु सित शिक्षा एवं आहारहरुको विकासलाई पनी प्रभावित गर्दछ । यस्ले एउटा सामाजीक असन्तुलन स्थिति सृजना गर्ने जोखिमत बढदो छ । हामो लैङगिक समानताको नारालाई पनि गिज्याई रहेको छ भन्दा हुन्छ ।