गजल

मित्र प्रसाद पाण्डे , गिद्द उही तर यहाँ सिकार फेरिन्छन
कथा व्याथा बद्लिएका चीत्कार फेरिन्छन
आउ मिलि लुटौ सबै भन्ने नारा बनाइ
लोभ लालच स्वार्थ बोकाई बिचार फेरिन्छन
उस्तै त हो यातना र उत्पीडनका घाउ यहाँ
बल्दै उठ्ने अन्यायका अहंकार फेरिन्छ्न
छेपारोझै रङ बदली , चुसिरहने जुका भेषमा
साना मार्ने ठुला तार्ने जङ्घार फेरिन्छन
छिटो जोड्दै छिटै तोड्दै सम्बन्धका तारहरु
अनायासै बिछोडिने आधार फेरिन्छन – – प्रकश खुलाल

