Agnijwala.com

अग्निज्वाला संवाददाता


कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडां नं ६ मा असार १४ गते वडां अध्यक्ष तुलराज बिक ले प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगारमा आफ्नैे मनोमानी ढङ्गले आफ्नै आसेपासेका नातेदारलाई रोजगारमा हालेको बिरुद्धमा नरहरिनाथ गाउँपालिकाका जनसमुदाय बिरोध मा उत्रिएका छन । कामको कुनै ढङ्ग सैय नमिलेको र वडां अध्यक्ष बिक ले आफ्ना नातेदारलाई मात्र काममा लगाएको र अरु जनसमुदाय लाई रोजगार नदिएको हुदा आइतबार अध्यक्षको बिरुद्धमा वडां अध्यक्ष आफ्नै कार्यकक्षमा हुदा पनि पिडित समुहका जनसमुदायले तालाबन्धि गरेका छन । यसको ब्यवस्था नगरेमा पिडित समुहका नागरिकले संर्घसको कार्यक्रम अगाडि बढाउन सक्ने स्थानिय गणेश बिकल जानकारि दिनु भएको छ ।