नेपाल सम्वतकाे कार्यक्रममा प्रधानमन्त्री किन गएनन ?

नेपाल सम्वत ११४०काे अवसरमा बसन्तपुरमा मंगलवार विशेष कार्यक्रम गरिएकाे थियाे।सदा झैं यस कार्यक्रमकाे प्रमुख अतिथि पनि प्रधानमन्त्रीलाइ बनाइएकाे थियाे।तर उनलाइ विहानै डाकिएकाे कार्यक्रममा तिन घण्टासम्म अायाेजकले कुरे। बसन्तपुरमा गरिएकाे कार्यक्रममा प्रमुख अतिथि नै उपस्थित नभएपछि उनलाइ कुरेर नेवार समुदाय बस्याे तर अन्त्यमा शारिरीक अस्वस्थता भन्दै उनी बसन्तपुरमा जाँदै गएनन। २०४६साल पछि हरेक साल नेपाल सम्वतकाे कार्यक्रममा प्रधानमन्त्री जाने गरेका थिए। तर पहिलाे पटक प्रधानमन्त्री गएनन । यता उनले भाइटीका भने लगाए।
डाकिएकाे कार्यक्रममा प्रधानमन्त्री नअाएपछि नेवार समुदाय उनीसंग रिसाएका छन। अाजकाे दिनलाइ नेवार समुदायले नया बर्ष भन्दै नेपाल सम्वत भन्ने गरेकाे छ ।अाजबाट नेपाल सक्वत ११४०पुगेकाे छ ।याे सम्वत शंखधर साख्वाले चलाएका हुन ।

