दिवंगत नेता सुशील काेइरालालाइ गणेशमान सिह जनआन्दोलन पदक दिइने भएकाे छ।सादा जिवनका धनी काेइराला कांग्रेस सभापति समेत हुनु भएकाे थियाे। संविधानसभाबाट संविधान जारी गर्न महत्वपुर्ण भुमिका खेलेका नेता काेइरालालाइ मरणाेपरान्त यति मत्वपुर्ण पदक दिन लागिएकाे हाे।असाेज ३ गते संविधान दिवसकाे दिनमा उनलाइ राष्ट्रपति विधादेवी भण्डारीले दिनेछिन।यसअघि यहि पदक गिरिजाप्रसाद काेइराला,महजाेडी,पुर्वराष्ट्रपति डा.रामवरण यादव लगायतलाइ  पनि प्रदान गरिसकिएकाे छ।काेइराला प्रधानमन्त्री भएकै बेलामा नेपालमा संविधानसभाबाट संविधान जारी गरिएकाे थियाे। लामाे समय संघर्ष र जेलनेल गरेर प्रजातन्त्रकाे लागि संघर्ष गरेका काेइरालालाइ याे पदक दिदा पदकै सम्मान बढने  जनाइएकाे छ।