बिनु लुइँटेल -याद गर

- मैले दिएको दुःख याद गर , गरेका गल्ती याद गर
अनि म सबैभन्दा कामजोर भएको याद गर
मेरी आमा म चित्ता मा जल्दै गर्दा बस् मेरो दिन
यतिनै थियो भनेर याद गर ।
httphttp://agnijwala.com/archives/18049://agnijwala.com/archives/18049 हरेक पटक मैले अस्पतालमा
पाउँने इन्जेक्सन याद गर
अनि पटक पटक फाट्ने त्यो मुटु
याद गर
बस म सफेद त्यो कपडामा बेरिदै गर्दा
बल्ल दुःखबाट मुक्तभइ भनेर याद गर ।
मैले नखादा तिमी भोकै बस्नु परेको पीडा
याद गर
तिमीले एउँटा सन्तानबाट आश गर्नेे सुख
दिन सकीन यसैको याद गर
जो होस मलाई एउटा विहानी पखको सपना
सम्झ र याद गर ।
तिमी रुदै गर्दा आशु पुछ्न सक्दिन म
तिमी रोएर कमजोर हुदा साहारा दिन सक्दिन म
यसैले तिमी मलाइ बस् तिमी एउँटा आकाश को तारा
जस्तै सम्झेर याद गर ।

