निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८, बागमतीबाट २१७ र मधेश प्रदेशबाट २०७ मत खसेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान भइरहेको छ। निर्वाचन समितिले ३ बजेसम्म मतदानको समय तोकेपनि नसकिएमा समय बढाउने बताएको छ।

प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

जस अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ।