काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव नेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा आज प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। कार्यक्रमको प्रमुख अतिथिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने छिन्। उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने भएका छन्। विशेषगरी एमाले अध्यक्ष ओली र नेकपाका सहसंयोजक माधव नेपाल लामो समयपछि एउटै मञ्चमा देखिने भएका हुन्। अहिले पनि कम्युनिष्ट एकताकाे चर्चा चलिरहेकाे छ । नेताहरु एउटै मञ्चमा उपस्थित हुनुकाे यसका लागि थप मलजल गर्ने अपेक्षा नेताहरुले गरेका छन् । मदन भण्डारी फाउन्डेसनले असार १४ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना गरेको छ।