सुधनले किन भने दरवार हत्याकाण्ड छानविन गर्छु ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नाे दाेस्राे कार्यकालकाे सुरुमै कडा निर्णय गरेका छन्। आज सिंहदरवारमा पद गाेपनियताकाे शपथपछि पदभार ग्रहण गर्दै राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका हुन् । आज पदबहाली लगत्तै उनले ४ घोषणा गरे । २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए । उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका छन्। यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने लगायतका निर्णय पनि गरेका हुन्।

