सुधन गुरुङ आजै फेरि गृहमन्त्री बन्ने

काठमाडौं । सम्पत्ति छानविनमा परेपछि पदबाट राजीनामा दिएका रास्वपा सांसद सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । उनीमाथिको छानविन सकिएर दोषी नदेखिएको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएपछि उनले फेरि गुरुङलाई गृहमन्त्री बनाउन लागेका हुन् । गोरखाबाट निर्वाचित सांसद शाहको आजै राष्ट्रपति समक्ष सपथ ग्रहणको समय तय भएको छ । उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

