बालेनको connection रहेको करेन्ट तथा लाली ब्रान्डका गुणस्तरहीन चाउचाउ बजारमा छ्यापछ्याप्ती

काठमाडौं ।
हालका प्रधानमन्त्री बालेन्द्र शाह चुनावको बेला प्रचारमा जाँदा करेन्ट र लाली ब्रान्डका चाउचाउ उत्पादन गर्ने यशोदा फुटका मालिक कमलमालपानीको गाडी प्रयोग गरेर विवादमा आएका थिए। करोडौं मूल्य पर्ने उक्त गाडी चुनावको बेलामा बालेन्द्र शाहले प्रयोग गरेका थिए । चुनावको बेलामा साथीभाइको नाताले गाडी उपलब्ध गराउनु नराम्रो कुरा होइन। र लिनुपर्ने हुन्न तर हाल बालेन्द्र शाह प्रधानमन्त्री भइसकेका छन्। र त्यही उनको कनेक्सन रहेको र साथीको रुपमा रहेका कमल मालपानीले चलाएको करेन्ट तथा लाली ब्रान्डका चाउचाउ जनस्वास्थ्य हिसाबले जोखिमयुक्त ठहर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख ३१ गते उक्त चाउचाउ बजारबाट फिर्ता गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । बजारबाट फिर्ता नहुनु र जताततै करेन्ट र लाली चाउचाउ पाउनुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आदेशलाई नमानेको बुझिन्छ। यसको पछाडि बालेन्द्र शाहलाई देखाउँदै अटेर गरेको सामान्यतया बुझ्न सकिन्छ। अहिलेका प्रधानमन्त्री यसमा सचेत होलान् कि चुनावको बेलामा गाडी दिए उनको सबै कुरा मिलाइदिने त नहुन सक्छ ।जनताको स्वास्थ्यलाई खेलवाड गर्ने कुरा कोही कसैले पनि गर्न हुँदैन र गर्न मिल्दैन पनि
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता बालकुमारी शर्माले विभागको आदेशअनुरूप बजारबाट चाउचाउ उठाएको प्रमाणसहित विवरण पेस गर्न प्रालीलाई पत्राचार गरिसकेको जानकारी दिँदै भन्नुभयो– ‘त्यसको पालना भएको छ कि छैन हामी बुभ्mदैछौं । गुणस्तरहीन चाउचाउ उत्पादन गरेको अभियोगमा कम्पनीविरुद्ध मुद्दा हाल्ने तयारी पनि गरिरहेका छौं । कम्पनीले आदेश अवज्ञा गरेमा त्यसविरुद्ध पनि अर्को मुद्दा दायर गर्ने छौं ।’

