काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । अधिवेशन तालिका स्वीकृत गर्नेदेखि विभिन्न विभागमा मनोनयन, जिल्ला समिति बिघटन, १५ जनाको सदस्यता खारेजी र पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । यस्ता छन् ५ निर्णय – १. भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने २०८३ जेठ २ः वडा भेला (समिति गठन नभएका वडाहरूमा) जेठ ३ः वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा) जेठ ९ः पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा) जेठ १०ः पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका) जेठ १६ः वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा) जेठ १७ः पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका) जेठ २३ र २४ः जिल्ला अधिवेशन २. विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा तपसिल बमोजिम मनोनयन क. र्‍याट समन्वय विभाग प्रमुख बैकुण्ठ थापा (आशिष) र उपप्रमुख बिदुर खड्का (पूर्व एपीएफ डिआइजी)। ख. स्टार्टअप विभाग प्रमुख डा. प्रभात अधिकारी, सचिव हरि जोशी। ग. शिक्षा विभाग प्रमुख मिलन पाण्डे । घ. कर्णाली प्रदेश सहममन्त्री राजबहादुर शाह र अविसरा सुवेदी ङ. केन्द्रीय संगठन विभाग सदस्य गोपाल प्याकुरेल (कर्णाली) । च. कञ्चनपुर जिल्ला सभापति पदम बिष्ट। ३. प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने । जिल्ला अधिवेशनको तयारी गर्ने । ४. पार्टी हितविपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने ५. पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने ।