काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक निर्वाचन प्रणाली तर्फ झण्डै ५० लाख मत ल्याएको छ । समानुपातिक मत गणना अन्तिम चरणमा पुगिरहेका बेला मंगलबार बिहानको परिणाम अनुसार रास्वपाले ४९ लाख ५४ हजार मत ल्याएको छ । प्रत्यक्ष तर्फ रास्वपाले १२५ सिट जितिसकेको छ ।  समानुपातिकमा नेपाली कांग्रेसले १६ लाख ७४ हजार, एमालेले १३ लाख ९० हजार र नेकपाले ७ लाख ५३ हजार मत ल्याएको छ ।  ३ लाख ४८ हजार मत ल्याएको श्रम संस्कृती पार्टी र ३ लाख २२ हजार मत ल्याएको राप्रपा पनि राष्ट्रिय दल बन्ने देखिएको छ । श्रम संस्कृती पार्टीले प्रत्यक्षमा ३ र राप्रपाले १ सिट जितेका छन् ।