रुकुमपूर्वमा प्रचण्डको अग्रता कायमै

भूमे गाउँपालिका–१, २, ३ र ४ को मत परिणाम सार्वजनिक भइसकेको छ। हालसम्म दुई हजार ६ सय ३५ मत गणना हुँदा प्रचण्डले एक हजार चार सय १५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो।
त्यसैगरी नेपाली कांग्रेसका सुकुस थापाले चार सय १७ मत र नेकपा एमालेका लीलामणि गौतमले चार सय ३१ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका लखन थापाले एक सय ७६ मत पाउनुभएको छ।
अन्य उम्मेदवारमध्ये राप्रपाका रोशन शाहले ७ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ६ मत, प्रलोपाका सन्दिप पुनले ३५ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ४५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ६ मत, नेकपा माओवादीका जुद्धबहादुर बुढाले १० मत तथा जसपाका सिरबहादुर बुढाले १ मत प्राप्त गर्नुभएको छ।
हालसम्मको मतगणनामा बदर मत ८६ रहेको छ। जिल्लामा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १ सय ८८ मत खसेको थियो।

