झापा ५ः ओली भन्दा बालेनको तेब्बर बढीको अग्रता

दमक । प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरिएको देशकै सर्वाधिक चर्चित चुनावी क्षेत्र झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहले सुरुवाती फराकिले अग्रता लिएका छन् । एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ विगतमा एमालेको पकड क्षेत्र मानिन्थ्यो । प्रारम्भिक मत परिणाम अनुसार बालेन शाह तेब्बर मत ल्याउँदै केपी ओली लाई हराउने देखिएको छ। तर हिजो सम्पन्न चुनावी मत परिणामको प्रारम्भिक मत रुझान ह्वात्तै रास्वपाको पक्षमा देखिएको छ । सो क्षेत्रमा रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार शाह काठमाडौं महानगरपालिकाको मेयर छोडेर ओलीलाई हराउन भन्दै झापा ५ पुगेका थिए । देशभर भएका मत गणनाको प्रारम्भिक रुझान ह्वात्तै रास्वपाको पक्षमा देखिएको छ ।

