एजेन्सी । अफगानिस्तानले बिहीबार राति पाकिस्तानमा आक्रमण गरेको छ। तालिबान लडाकुहरूले कुनार प्रान्तमा हमला गर्दा १३३ अफगान लडाकु मारिएकाे बीबीसीले जनाएकाे छ ।

५५ जना पाकिस्तानी सैनिक मारिएको टोलो न्युजले जनाएको छ। अफगान सरकारले २३ पाकिस्तानी सैनिकको शव आफूसँग भएको दाबी गरेको छ। पाकिस्तानी सेनाको एक मुख्यालय र १९ चौकीहरू पनि कब्जा गरिएको छ।

अफगानिस्तानका उपप्रवक्ता हमदुल्लाह फित्रतले केही पाकिस्तानी सैनिकलाई जीवितै नियन्त्रणमा लिइएको बताएका छन् भने दर्जनौँ हतियार, एउटा ट्याङ्क र एउटा हार्वेस्टर कब्जा गरिएको छ।

पाकिस्तानी मिडियाका अनुसार, पाकिस्तानी सरकारले बदलामा अपरेसन गजब लिल हक सुरु गरेको छ। पाकिस्तानी वायुसेनाले काबुल र नान्गारहार प्रान्तसहित धेरै शहरमा हवाई हमला गरेको छ।

पाकिस्तानी सरकारले अहिलेसम्म १३३ अफगान तालिबान लडाकु मारिएको र १२० भन्दा बढी घाइते भएको दाबी गरेको छ। १६ वटा तालिबान चौकी ध्वस्त पारिएको छ भने सातवटा कब्जा गरिएको छ।

पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले आफ्ना सुरक्षा फाेर्सले तालिवानी हमलाकाे जवाफ दिएकाे एक्समा लेखेका छन् ।