काठमाडाैं । चुनावी कार्यक्रमकै दाैरान स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह काठमाडाैं फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी उनी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएका रास्वपाका एक नेताले बताए। बालेन अस्वस्थ भएर काठमाडौं फर्किएको बताए पनि उनलाई के भएको हो भन्ने खुलाइएकाे छैन। दाङको घोराहीमा रास्वपाले शुक्रबार लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम राखेको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछानेसँगै बालेन पनि दाङ जाने भनिएको थियो। रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक गरेको थियो, जहाँ वरिष्ठ नेता बालेन पनि सहभागी थिए।