आज जनयुद्ध दिवसः विभिन्न कार्यक्रम गरेर मनाउँदै

काठमाडौं । आज फागुन १ गते । तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन, विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस बिभिन्न मनाइदैछ । विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । जनयुद्धकै जगमा भएकाे जनआन्दाेलनकाे बलमा नेपालबाट राजतन्त्र अन्त्य भयाे भने संघीय लाेकतान्त्रीक गणतन्त्र समावेशी समानुपातिक व्यवस्था स्थापना भएकाे छ । जनयुद्धका क्रममा माओवादीले समाजमा सिमान्तिकृत नागिरकहरुकाे अधिकार प्राप्ती र सामाजिक विकृतीका विरुद्ध ठुलाे जागरण ल्याएकाे थियाे । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । शान्ति प्रकृयामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन । जनयुद्धको प्रमुख घटक प्रचण्ड नेतृत्वको माओवादी हाल नेकपाकाे नाममा राजनीतिमा सक्रीय द्छ । तत्कालिन नेकपा एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीलगायतसँग माओवादीले एकता गरेर नेकपा बनाएकाे हाे । विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरुले आज विभिन्न जिल्लामा एकै ठाउँमा जम्मा भएर जनयुद्ध दिवस मनाउँदै छन् ।

