काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आपसमा एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । निर्वाचन आयोगले उक्त एकीकरणलाई मान्यता दिँदै राजनीतिक दल ऐन, २०७३ को दफा १०(४) बमोजिम नयाँ दल दर्ता गरेको छ ।

null

निर्वाचन आयोगका अनुसार माथि उल्लेखित चार दलले आपसमा एकीकरण गरी नयाँ पार्टी कायम गर्न आयोगसमक्ष निवेदन दिएका थिए । सो निवेदनका आधारमा आयोगले २०८२ असोज २५ गते एकीकरणलाई स्वीकृति प्रदान गर्दै नयाँ दल दर्ता गर्ने निर्णय गरेको हो ।

आयोगको निर्णयसँगै यसअघि आयोगमा दर्ता रहेको नागरिक उन्मुक्ति पार्टी लाई नेपाल कम्युनिष्ट पार्टीसँग गाभिएको मानिएको छ । साथै, नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दललाई खारेज गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई उक्त निर्णयबारे जानकारी गराउँदै आवश्यक व्यवस्था गर्न अनुरोधसमेत गरेको छ ।