काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत थापाले सभापतिमा मनोनयन दर्ता गराएका हुन्। निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्र उम्मेदवारी परेको छ।

अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको निर्वाचन समितिले जनाएको छ। सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माबीच बुधबार बिहान वार्ता भए पनि सहमति जुट्न सकेन।

निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारी दर्ताको समय सकिएको छ र दिउँसो १ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।