काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का  दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन् ।

विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त संख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने नेता बेदुराम भुसालले बताए ।

उनले भने, “दिउँसो १२ बजे कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा उपस्थित हुनेका लागि भौतिक रूपमा र उपस्थित नहुनेलाई हामीले भर्चुअल व्यवस्था गरेका छौँ ।”