काठमाडाैं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी नेपाल जसपाका उपाध्यक्ष नै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । जसपाका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरूकाे टिमलाइ नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधवकुमार नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गरे । साे क्रममा लिम्बुवान क्रान्तिकारीका नेताहरू पनि प्रवेश गरेका थिए । कार्यक्रममा नेकपामा जाेडिन चाहनेहरूकाे संख्या ठूलाे रहेकाे र विभिन्न पक्षसँग एकताकाे प्रकृया अघि बढाइरहेकाे उनले बताए । एमाले त्यागेर नेकपामा प्रवेश गर्नेहरूकाे लहर नै चलेकाे र पहिराे नै जाने सम्भावना रहेकाे उनले बताए ।  काठमाडाैं उपत्यकाकाे सामाजिक अभियानमा जाेडिएका व्यक्तिहरू नेकपामा समायाेजन हुन लागेकाे उनले जानकारी दिए । चुनावसम्म जाँदा नेकपा समाजवादी अभियानकाे नेतृत्व नेकपाले मात्रै गर्नसक्छ भन्ने पुष्टि हुने उनले बताए ।