काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीप्रति एमालेकै नेताहरुले असन्तुष्टी जनाएका छन् । एमालेले हिजो बुझाएको सूचीमा अध्यक्ष केपी ओली पक्षले एकलौटी गरेको भन्दै इश्वर पोखरेल पक्षीय नेताहरुले रोश प्रकट गरे ।  एमालेले विगतका आम निर्वाचनमा समानुपातिकमा अवसर पाएकालाई अपवादबाहेक नदोहोर्‍याउने नीति लिएको थियो । तर यस पटक पनि वरिष्ठ नेता र पहिले अवसर पाइसकेकालाई समानुपातिकमा दोहोर्‍याएको छ । जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस गर्दा यसअघि समानुपातिकमा रहेका व्यक्ति सिफारिस नगर्न पार्टीले निर्देश गरे पनि त्यसलाई बेवास्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले अन्तिम सूची बनाएका हुन् । एमालेको दोस्रो वरीयताका उपाध्यक्ष रामबहादुर थापा आदिवासी/जनजाति ‘क्लस्टर’बाट पहिलो नम्बरमा छन् । यस्तै, खसआर्यमा गुरु बराल, केन्द्रीय कार्यालय मुख्य सचिव पुष्प कँडेललगायत नेताको नाम समावेश गरिएको छ । महिला ‘क्लस्टर’बाट एक नम्बरमा सचिव पद्मा अर्यालको नाम राखिएको छ । महिला संघ अध्यक्ष टुका हमाल, युवा संघका पूर्वअध्यक्ष निरुदेवी पाल, गायिकासमेत रहेकी कोमल वली, पूर्वप्रमुख सचेतक शान्ता चौधरी, संस्कृतिकर्मी भूमिका सुब्बालगायतको नाम समेटिएको छ । पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत आठ जना समेटिएको छ । दलित ‘क्लस्टर’बाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौलालगायत छन् । यस्तो छ एमालेको समानुपातिक सूचीः रामबहादुर थापा गुरु बराल टुका हमाल निरुदेवी पाल कोमल वली शान्ता चौधरी भूमिका सुब्बा उषाकला राई लक्की शेर्पा यमुना घले शर्मिला गुरुङ गोरख बोगटी लालबहादुर महतारा लालबहादुर रावल मीना बराम मनकुमारी तितुङ मायादेवी पोडेनी निर्मल देउला रामपुकार दास तत्मा सन्तबहादुर चेपाङ इच्छा चौधरी अनिता कन्दङ्वा परशुराम अधिकारी बालाराम शर्मा थानेश्वर बस्याल नरेश पोखरेल निर्मला पाठक एन्जिला थापा मेनुका काफ्ले लता प्रसाईं यशोदा बराल क्रान्ति बुर्लाकोटी विजया धिताल कुलभक्त शाक्य बुद्धरत्न चित्रकार इन्द्र तामाङ सन्तबहादुर चेपाङ नवीन रोका विषमलाल दनुवार गंगा श्रेष्ठ अनिता सुब्बा तारा गुरुङ मौसम राई चन्द्रेश्वर मण्डल सचिताचन्दा साह रिंगाला यादव यम परियार निर्मल पोडे सोम पोर्तेल जितु गौतम मनोहर विश्वकर्मा नीता घतानी राधिका भुजेल सार्की उर्मिला पासवान साजिका सिद्धिकी रोजी खातुन मोहम्मद हारुन एकबाल मियाँ भक्तकुमारी लामालगायत