देउवा–आरजु एकातिर, ओली–पाेखरेल अर्कातिर बसेर के भयाे छलफल ?

काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्। अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न पुगेका छन्। देउवासँगै उनकी पत्नी आरजु देउवा पनि छलफलमा बसेकी छन् । छलफलमा ससद पुनस्थापनाका विषयमा कुराकानी पनि भएकाे बताइएकाे छ । जेन–जी आन्दोलनपछि एमाले संसद् पुनर्स्थापनाको पक्षमा छ। कांग्रेसले भने निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ। यद्यपि, कांग्रेसका केही निवर्तमान सांसदहरूले संसद् पुनर्स्थापनाको पक्षमा सर्वाेच्चमा रिट दायर गरेका छन्। यसअघि मंसिर १९ गते पनि सभापति देउवा र ओलीबीच भेटवार्ता भएको थियो।

