काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत जाँदै छन् । भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल गर्ने उनका स्वीकीय सचिव रेखी गुरुङले जनाएका छन् । विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा उनले आफ्ना विचारहरू राख्ने सचिवालयले जनाएको छ। डा भट्टराईले भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई ‘दक्षिण एसियाको लोकतान्त्रिक भविष्यस् युवा, प्रविधि र समावेशी लोकतन्त्र’ विषयमा विशेष सम्बोधन गर्नेछन्। नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित एक विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। उनी पुस ९ गतेमात्र स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।