काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । आज मध्यान्न सकिएको मत परिणाम अनुसार अध्यक्षमा केपी ओली तेस्रो कार्यकालका लागि भारी मतान्तरसहित विजयी भएका छन् । उनले ईश्वरा पोखरेललाई पराजित गरे । पदाधिकारीमा पोखरेल पक्षका २ जनाले जित हात पार्दा लगभग प्यानल पूरै ओली पक्षले जितेको छ ।  विजयी भएकाहरु सूची केलाउँदा समावेशीताको सिद्धान्तका हिसावले पदाधिकारी टिम अत्यन्त असमावेशी देखिएको छ । नेपालको संविधानले ३३ प्रतिशत महिलाको सहभागिता ज्ञारेन्टी गरेको छ । तर पदाधिकारीमा जम्मा १ जनाले जित हात पारेकी छन् । केही महिला उम्मेदवार भएपनि पराजित हुन पुगेका छन् । यसको अर्थ एमालेका महाधिवेशन प्रतिनिधिले नै आफ्नो कार्यसमितिका पदाधिकारी समावेशी चरित्रको बनाउन नचाहेको देखिएको छ  ।  १९ सदस्यीय केन्द्रीय पदाधिकारीमा सबैभन्दा धेरै पुरुष तथा ब्राम्हण क्षेत्री समूदाहको प्रभाव देखिएको छ ।  अध्यक्ष ओलीसहित साे १८ जना पुरूष पदाधिकारी हुँदा एक मात्रै महिला पद्मा कुमारी अर्याल निर्वाचित भइन् । याे जम्मा ५ दशमलव २६ प्रतिशत हाे । जनजाती समूदायका १९ मा तीन जना निर्वाचित भए । जसमा पृथ्वी सुब्बा गुरूङ, रामबहादुर थापामगर र शेरधन राइ छन् । याे भनेकाे १५.७८ प्रतिशत हाे । मधेशी समुदायबाट जम्मा एक जना रघुवीर महाशेठले जितेका छन् । दलित समुदायका एक जना छविलाल विश्वकर्माले जितेका छन् । ब्राम्हण क्षेत्री समुदायका १४ जनाले जितेका छन् । याे भनेकाे १९ जना पदाधिकारीमा ७४ प्रतिशतकाे हाराहारी हाे । अध्यक्ष  केपी शर्मा ओली  उपाध्यक्ष ५ पृथ्वीसुब्बा गुरुङ (ओली समूह) विष्णुप्रसाद पौडेल (ओली समूह) रामबहादुर थापा बादल (ओली समूह) गोकर्णराज विष्ट (पोखरेल प्यानल) रघुजी पन्त (ओली समूह) महासचिव १ शंकर पोखरेल (ओली समूह) उपमहासचिव ३ लेखराज भट्ट (ओली समूह) रघुवीर महासेठ (ओली समूह) योगेश भट्टराई (पोखरेल प्यानल) सचिव ९ (सबै ओली समूहका) महेश बस्नेत पद्माकुमारी अर्याल छविलाल विश्वकर्मा शेरधन राई हिक्मतकुमार कार्की खगराज अधिकारी यामलाल कँडेल राजन भट्टराई भानुभक्त ढकाल