काठमाडौं । मदानको झण्डै २२ घण्टापछि नेकपा एमालेको मतदानको प्रकृया बल्ल सकिएको छ । हिजो विहान ९ बजेबाट सुरु भएको मतदानको प्रकृया आज विहान ७ बजेसम्ममा सकिएको महाधिवेशन निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचनमा २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हालेको पनि आयोगका सदस्य भरत पोखरेलले जानकारी दिए । २ हजार २ सय २७ मत खसेको छ । ३६ जना अनुपस्थित भएको उनले बताए । बिहीबार बिहान साढे १० बजेसम्म नतिजा सार्वजनिक हुने पनि उनको भनाइ छ । कुनै समस्या नआएका साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने । त्यसपछि प्रमाणीकरणसहित सिलबन्दी गरेर सबैको सहमतिपछि मतगणना सुरु गर्ने उनले बताए। बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु मतदान रातिभर चलिरह्यो । छिटोछरितो नतिजा निकाल्ने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरे पनि सोचेजस्तो हुन सकेन । जसका कारण तीन दिनमा सक्ने भनिएको महाधिवेशन थप दुई दिन लम्बिएको हो। ३ सय १ केन्द्रीय कमिटी र १९ पदाधिकारीमध्ये ११ जना निर्विरोध भइसकेका छन् । प्रतिनिधिले २ सय ९० लाई छान्नुपर्नेछ । यस पटक निर्धारित उम्मेदवारलाई मतदान नगरी अघि बढ्न नमिल्ने सेटिङ मेसिनमा भएकाले कुनै उम्मेदवारलाई मत नहाली अघि बढ्न नमिल्ने बनाइएको थियो ।