काठमाडौंमा जारी महाधिवेशनमा आयोगको अध्यक्ष पदमा एक मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

पहारी पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले २०७५ सालमा उनलाई १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। हाल उनी पोखरामा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन्।

यसैगरी, अनुशासन आयोगको उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन्।

केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध निर्वाचित भएका छन्।