रुकुम । नेपाली कम्युनिष्ट पार्टी गठन हुने भएपछि पार्टी परित्याग गरेका जनार्दन शर्माविरुद्ध उनको गृहनगर रुकुम पश्चिममा कालो झण्डा देखाइएको छ । स्थानीय जनताले शर्माविरुद्ध कालो झण्डा प्रदर्शन गर्नुका साथै उनीविरुद्ध नाराबाजी गरेका छन् । पार्टी विभाजन नगर्ने पूर्व अडानबाट बाहिरिएपछि उनलाई साथ दिँदै आएका अधिकाँशले नेपाली कम्युनिष्ट पार्टी विभाजन गर्न नहुने भन्दै जनार्दनको साथ छाडेका छन् । शर्मालाई आफ्नै परिवारका सदस्यले समेत छाडेपछि रुकुममा उनी एक्लिएका छन् । 

विभिन्न जिल्लाबाट मोटरसाइकलमा मानिस लगेर शर्माले सदरमुकाममा प्रगतिशील अभियानको नाममा कार्यक्रम गरेको स्थानीय बासिन्दाले बताएका छन् ।