प्रधानमन्त्रीको आव्हानमा आज सर्वपक्षीय बैठक,दलहरूबाट को को जाँदैछन् ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दिएको जानकारीअनुसार, यो सर्वपक्षीय छलफलले निर्वाचन प्रक्रिया सहज र शान्तिपूर्ण बनाउन आवश्यक रणनीतिमा केन्द्रित हुनेछ। बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) सहितका पाँच प्रमुख दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रत्येक दलका तर्फबाट दुई–दुई जना प्रतिनिधि बोलाइएको मन्त्री खरेलले बताए। दलहरूका प्रतिनिधिहरूको विवरण तत्काल उपलब्ध नभए पनि, बैठकले निर्वाचनको मिति घोषणा, मतदाता शिक्षा, सुरक्षा व्यवस्था र सम्भावित चुनौतीहरूको सम्बोधनमा विशेष जोड दिने अपेक्षा गरिएको छ। निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका उच्च अधिकारीहरू पनि उपस्थित हुनेछन्। यसैगरी नेकपाको तर्फबाट बैठकमा शक्तिबहादुर बस्नेत र प्रकाश ज्वालाले प्रतिनिधित्व गर्ने पार्टीले जनाएको छ।
सरकारका एक अधिकारीका अनुसार, यो बैठकले राजनीतिक दलहरूबीचको सहकार्यलाई मजबुत बनाउने र निर्वाचनलाई निष्पक्ष तथा हिंसारहित बनाउने उद्देश्य राखेको छ। विगतका निर्वाचनहरूमा देखिएका सुरक्षा समस्याहरूलाई ध्यानमा राख्दै यो छलफलले ठोस कार्ययोजना तयार पार्न योगदान पुर्याउने विश्वास गरिएको छ।
यो बैठकले नेपालको राजनीतिक वातावरणलाई थप सकारात्मक बनाउने अपेक्षा गरिएको छ।

