विराटनगर इन्टरनेसनल कलेजले आइतबार इटहरीमा एक कार्यक्रम गरी आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ भव्य रुपमा सम्पन्न गरेको छ।कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धि समर्पण र कडा मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको छ। यस वर्ष कलेजमा ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। तीमध्ये ५४ जना bsc hons इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र १० जना बिएससी हन्स इन्टरनेसनल हस्पिलिटी म्यानेजमेन्टमा दीक्षित भएका छन्। कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करियर यात्रामा अघि बढ्न सक्षम हुने बनेका छन्। समारोहमा इनोभेट नेपाल ग्रुप (आइएनजी ) का संस्थापक एवं अध्यक्ष श्री सुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच नेतृत्व क्षमता र सामाजिक जिम्मेवारी सहित अघि बढ्न प्रेरित गरे कार्यक्रममा कलेजका शैक्षिक साझेदार युनिभर्सिटी अफ बोलभरनटन का प्रतिनिधिको पनि उपस्थिति जनाउँदै स्नातकहरूको अनुशासन प्रतिबद्धता र मेहनतको प्रशंसा गरे। उनले विद्यार्थीहरूको शैक्षिक यात्रा कलेज र विश्वविद्यालय बीचको साझेदारीको सफल नतिजा भएको टिप्पणी गरे। विराटनगर international कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक २०२५ लाई हार्दिक बधाई दिँदै उनीहरूले नेपालको व्यवस्थापन उद्यम आदित्य सेवा तथा विश्वव्यापी अवसरहरूको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन।