पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई परेकाे पितृशोकप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गर्नुभएकाे छ ।
प्रचण्डले दिवंगत पिताप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएकाे छ ।
उहाँले फेसबुकमार्फत जारी गर्नुभएकाे सन्देशमा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य, धैर्यता र शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएकाे छ ।
नेपालका पूर्व प्रधानन्यायाधीश रहेका श्रेष्ठका पिता ९५ वर्षीय कुलबहादुर श्रेष्ठकोको आजै विहान निधन भएको थियो ।

