नेकपाको एकता सन्देश सभा आज धनगढीमा ,प्रचण्ड माधव र रावलले सम्बोधन गर्दै

काठमाडौं । विभिन्न राजनीतिक घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज सुदुरपश्चिम प्रदेश राजधानी धनगढीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपाले देशभरका विभिन्न शहरहरुमा सन्देश सभा गर्ने योजना अनुसार सुदुरपश्चिमको धनगढीबाट सुरुवात गर्न लागेको जनाएको छ । धनगढीको आजको सभामा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रियता अभियानलाई नेकपामा एकता गरेका एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावलले सम्बोधन गर्ने तय भएको छ ।

