काठमाडौं । जनता समाजवादी पार्टी जसपा विभाजित हुने पक्का भएको छ । संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टीमा एकताका लागि तयार भएका छन् भने अशोक राइ चुनावी तालमेल गर्न रेशम चौधरी र राजेन्द्र महतोकोमा पुगेका छन् ।  एकताका लागि तयार नभएपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले नेकपामा समाहित हुने घोषणा गरेका छन्। उनीहरू सबै जसपाको केन्द्रीय कार्यकारिणी सदस्य हुन्।  त्यस्तै रणध्वज लिम्बु (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजु रहेका छन्। नेकपामा समाहित हुने निर्णय गरेका श्रेष्ठले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसाल्न अध्यक्ष अशोक राई इच्छुक नदेखिएपछि आफूूहरुले अलग बाटो रोजेको बताए। श्रेष्ठले पछिल्लो पटक केन्द्रीय कार्यकारिणीको बैठक बस्दा १३ जना उपस्थित भएको र त्यसमध्य आधा आफूहरुसँगै जान तयार रहेको बताए।  उनीहरुले अब नेकपासँग औपचारिक सम्झौता गर्ने छन्। वार्ताबाट १० बुँदे सम्झौताको मस्यौदा तयार गरिएको थियो। उता रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी चुनाव एउटै चिह्नमार्फत लड्ने सहमति गरेका छन्।  रेशम चौधरीका अनुसार साझा चुनाव चिह्न नाउपा नेपालको नेपालको चुनाव चिह्न चकिया (जाँतो) प्रयोग गर्ने सहमति भएको छ।  तीनवटै पार्टी हालै पुनर्गठन भएका हुन्। जसपा नेपालबाट विभाजित भएर भनेको जसपा फेरि विभाजित बनेको छ। राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा जाने भएका छन्।  नागरिक उन्मुक्ति पार्टी विभाजन गरेर चौधरीले नयाँ पार्टी गठन गरेका हुन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर महत्तोले पनि नयाँ पार्टी बनाएका हुन्।