भीम रावलसँग एकताको कुरा सकारात्मक बनेको छ: प्रचण्ड

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण तथा अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आजै बिहान रावलसँग महत्त्वपूर्ण संवाद भएको जानकारी दिनुभएकाे हाे ।
‘भीम रावल, झलनाथजी र घनश्यामजीसँग पनि निरन्तर संवाद भइरहेको छ । यो कम्युनिस्ट आन्दोलन मुख्यधारमा पुनः एकीकृत हुँदै गएको प्रमाण हो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भन्नुभयाे ।
बैठकमा सहभागी एक नेताका अनुसार, रावलसँगको छलफल सकारात्मक रहेको र भोलि हुने एकता घोषणा सभामा उनी सहभागी हुन सक्ने सम्भावना प्रचण्डले बताउनु भएकाे छ ।
माओवादी केन्द्र, समाजवादी पार्टीसहित विभिन्न नौ घटकबीच भोलि एकता घोषणा हुने तयारी गरिएको छ।

