माओवादीसहित ८ दलकाे एकता १९ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता राष्ट्रिय सम्मलेन कात्तिक १९ गते भएको छ। एकीकृत समाजवादीकाे आइतबार बसेको सचिवालय बैठकले १९ गते एकता राष्ट्रिय सम्मेलनको निर्णय गरिएको सचिव शेरबहादुर कुँवरले जानकारी दिए। एकता सम्मेलन १९ गते बिहान ११ बजे क्वीन पार्टी प्यालेस सुकेधारामा हुने उनको भनाइ छ। यी दुई पार्टीबीच नाम र नेताहरूको जिम्मेवारी भने टुंगिन बाँकी छ। यस विषयमा अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच छलफल जारी छ।

