बालेनको विवादास्पद स्टाटस राति नै भाइरल, पछि डिलिट

काठमाडौँ ।
काठमाडौं महानगरका मेयर बालेन साहले सनिवार राति सामाजिक सञ्जालमा अत्यन्त विवादास्पद स्टाटस पोस्ट गरेपछि चर्चा र आलोचनाको केन्द्र बनेका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विभिन्न देश र दलको नाम उल्लेख गर्दै अपशब्द प्रयोग गरेका थिए ।
स्टाटसमा उनले लेखेका थिए —
“Fuck America, Fuck India, Fuck China, Fuck UML, Fuck Congress, Fuck RSP, Fuck RPP, Fuck Maobaadi. You guys all combined can do nothing ”
उक्त अभिव्यक्तिलाई धेरैले गैर–राजनीतिक, आपत्तिजनक र अभद्र भाषा भएको भन्दै तीव्र आलोचना गरेका छन् । सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले उनको अभिव्यक्तिलाई “कठोर तर असभ्य” भनेका छन् भने केहीले “आक्रोशको अभिव्यक्ति”का रूपमा व्याख्या गरेका छन् ।
स्रोतका अनुसार बालेनले उक्त पोस्ट केही समयमै, अर्थात् राति नै डिलिट गरेका थिए । तर त्यसअघि नै उक्त स्टाटसको स्क्रिनसट भाइरल भइसकेको थियो ।
प्रतिक्रिया स्वरूप एक प्रयोगकर्ता फनिन्द्र कार्कीले लेखेका छन्, “Fuck Balen ” भन्दै असन्तुष्टि प्रकट गरेका छन् । धेरैले मेयरको हैसियतमा यस्तो शब्द प्रयोग गर्नु असम्बन्धित र गैर–व्यवहारिक भएको टिप्पणी गरेका छन् ।

