काठमाडौं । नेकपा एकलाका लागि भनेर लामो समय अभियान चलाएर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको पुराना नेता बामदेव गौतमले एकताका पक्षमा उभ्याएका छन् । जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकका क्रममा मिडियालाई प्रतिक्रिया दिदै उनले एकीकृत समाजवादी र माओवादी केन्द्रकाबीचमा एकता हुनु राम्रो विषय भएको बताए ।  कम्युनिष्टहरु विभाजित भइरहेका बेला दुइ पार्टी मिल्न खोज्नु खुसीको कुरा हुने उनले प्रतिक्रिया दिएका छन् ।  माओवादीसँगको एकताको बहसले एकीकृत समाजवादीमा दुई धार देखिएको छ । केन्द्रीय समिति बैठकमा बोल्न अधिकाँशले एकताको पक्षमा मत व्यक्त गरेका छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत केही नेताले एकता गर्न नहुने बताएका छन् ।