काठमाडौँ । जेनजी आन्दोलनका केही प्रतिनिधिहरूले अक्टोबर ८ र ९ का लागि कुनै सडक कार्यक्रम तय नभएको स्पष्ट पारेका छन् ।मंगलबार जेनजी आन्दोलनमा मृतक र घाइतेका तर्फबाट जाहेरी दर्ता गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका उनीहरूले परिसरमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

जेनजी अगुवा ओजस्वी थापाले भने, “

८ र ९ मा सडकमा उत्रेर कुनै पनि आन्दोलन गर्ने हाम्रो योजना छैन । हामी देशमा रक्तपात चाहँदैनौँ ।”

उनले घरमै रहेका राजनीतिक दलहरूलाई सरकारलाई कानुन कार्यान्वयन गर्न दिन आग्रह गरे । साथै, सरकारले कानूनको पालना सुनिश्चित गर्न प्रहरी प्रशासनसहितका निकायहरूलाई सघाउन पनि आग्रह गरे ।

अर्का जेनजी प्रतिनिधि जेम्स कार्कीले भने, “जेनजीले न्याय नपाएसम्म आन्दोलन रोकिँदैन । तर हाम्रो आन्दोलन शान्तिपूर्ण र अर्थपूर्ण हुनेछ ।”